Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

हमालले भने- `तपाईं यो बर्षको वेस्ट क्यामेरा पर्सन`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/28

राजेश हमालले फिल्मको लागि कपाल छोट्याएर निकै चर्चामा आएको हँसियाको सुटिङ एक हप्ताको ब्रेक पछि आजबाट पुन: सुरु भएको छ । ३५ दिनको लगातार सुटिङ पछि ६० प्रतिशत काम सकेको हँसिया आजबाट फेरि एक महिनाका लागि फ्लोरमा जाँदैछ ।

 



सामाजिक कथावस्तु बोकेको एक्सन फिल्म हँसियाबाट म्युजिक भिडियो मेकिङमा नाम कमाएका निर्देशक मिलन चाम्स, मोडलिङमा जमेकी हेमा श्रेष्ठसँगै बरिष्ठ क्यामेरा पर्सन राजुविक्रम थापाको सहायकको रुपमा एक दशक देखि कार्यरत रामकुमार केसीले पहिलो पल्ट फिल्मबाट डेब्यु गर्दैछन् । आफ्नो अधिकांश म्युजिक भिडियो आफै खिच्दै आएका मिलन चाम्सले निर्देशनको मात्र अभिभारा बोक्दै रामकुमार केसीलाई हँसिया खिच्ने जिम्मा दिएका हुन् ।



अभिनेता हमाल यिनै क्यामेरा पर्सनको कामबाट निकै सन्तुष्ट र प्रभावित छन् । हँसियाको लागि अन्य पाँच वटा फिल्मको प्रस्ताव समेत लत्याएका हमालले सुटिङका हरेक गतिबिधीलाई नियाली रहेको बताए । सुटिङ समयमा आफ्नो प्रत्येक शटसँगै फुटेज हेरेपछि क्यामेरा पर्सन केसीलाई धाप मार्दै हमालले बर्षकै कुशल क्यामेरा पर्शन भनेर प्रशंशा गर्न भ्याए । हमालको प्रशंशाबाट उत्साहित केसी अझ राम्रो काम गर्ने हौसला पाएको बताउँछन् ।

 



 

'रामको लगनशीलता र कामबाट प्रभावित भएर आफुले छायांकनको सम्पूर्ण जिम्मा दिएको बताउने निर्देशक चाम्स प्रस्टयाउँछन्- 'एक्सन फिल्म भएकोले उहाँले आफ्नो काम देखाउने मौका पाउनुभएको छ । उहाँ आफ्नो काममा चुक्नु भएको पनि छैन ।' हँसिया पछि क्यामेरा पर्सन केसी स्टार हुने कुरामा दुईमत नरहने चाम्सको दाबि छ । यता रामकुमार भन्छन्- 'निर्देशकले जुन विश्वासका साथ मलाई जिम्मा दिनुभएको छ त्यो विश्वासलाई कायम राख्ने कोसिस गरिरहेको छु ।' यस्तै उनले फिल्मको मुख्य क्यामेरा पर्सन निर्देशक चाम्स नै रहेको बताए ।