Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

Exclusive Promo : यस्ती छिन् काली

फिल्मीखबर, काठमाण्डौ, 2013/08/29

बडा दशैंको अवसर पारेर आउँदो असोज २५ गते फुलपातीका दिन रिलिज हुन लागेको रेखा थापा निर्मित फिल्म 'काली'को अफिसियल प्रोमो रिलिज गरिएको छ । निर्देशक सबिर श्रेष्ठले कालीको प्रोमोलाई पूर्ण रूपमा कमर्सियल बनाएका छन् ।

 

नारी प्रधान फिल्म कालीको शिर्ष भुमिकामा अभिनेत्री रेखा थापा रहेकी छिन् । रेखालाई किशोर खतिवडाले साथ दिएका छन् । फिल्ममा ध्रुब कोईराला, नन्दु श्रीवास्तव, किरण थापा, जित गुरूङ, सिरु बिष्ट लगायतले पनि अभिनय गरेका छन् । फिल्मका निर्मातामा रेखाका पूर्व पती छबिराज ओझा, आमा सरस्वती थापा र गुण हलका सञ्चालक दिजेन्द्र शाक्य रहेका छन् ।

 

बसन्त सापकोटा संगीतकार रहेको यो फिल्मलाई शिब ढकालले खिचेका हुन् । बनिश शाहले सम्पादन गरेको यो फिल्मका द्धन्दनिर्देशक रोशन श्रेष्ठ हुन् । यस्तै फिल्मका गीतमा कविराज गहतराजको करियोग्राफी रहेको छ ।