Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुब्लाउनु पर्ने दयाह्याङ मोटाएपछि छवि तनावमा

फिल्मीखबर, काठमाण्डौ, 2013/08/30

नेपाली फिल्म मेकर्समा क्यारेक्टर कन्सियस देखिएका छन् । पछिल्लो समय क्यारेक्टर फिट कलाकारको खाजी भैरहेको छ । फिल्ममा स्थापित कलाकार समेत क्यारेक्टर अनुसार शरीर बढाउन र घटाउन लागी परेका छन् । मोटो शरीरलाई घटाउन लागी परेका मध्येका एक हुन्, लुटका गोफ्ले अर्थात दयाह्याङ राई ।

 

निर्माता छविराज ओझाको पछिल्लो फिल्म लोफरका लागि दयाह्याङलाई वजन घटाउन भनिएको थियो । फिल्मको फ्ल्यास ब्याक क्यारेक्टरको लागि दयाह्याङले वेट लस गर्नुपर्ने भएको हो । यसका लागि उनलाई दुई महिना जसो समय दिइएको थियो । तर, दयाह्याङको तौल घट्नुको साटो बढेपछि निर्माण युनिट तनावमा छ भने दया अचम्ममा छन् ।

 

मर्निङ वाक समेत गएका दयाको तौल बढे पछि फिल्मको सुटिङ हुन सकेको छैन । फुलपातीमा काली रिलिजको हल व्यवस्थापनमा व्यस्त निर्माता ओझा भन्छन्- 'दयाको दुई दिनको मात्रै सुटिङ हो । दुब्लाउनु भनेको मोटाएछ । तनाव भएको छ ।' उता दयाह्याङ भने आफु दुब्लाउने प्रयास गरिरहेको बताउँछन् । भन्छन्, 'अब चाहि जसरी भएपनि दुब्लाउँछु ।'

 

दयाह्याङ नदुब्लाए पनि दशैं अगाडी सुटिङ सक्ने छवि बताउँछन् । भन्छन्- 'दशैंको खानपिनले झन मोटाउँछ । त्यसकारण आज भोली नै सुटिङ गर्ने योजना छ ।' आदित्य विक्रम लम्साल निर्देशित लोफरमा दयाह्याङको साथमा आर्यन सिग्देल, सुशिलराज पाण्डे, रजनी केसी लगायत छन् । फिल्मको प्रदर्शन मिति फुलपातीबाट मंसिर २१ लाई सारिएको छ ।