Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

युरोपबाट फर्किएकी नन्दिताले के भनिन् ? (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/29

एक महिने साँस्कृतिक युरोप यात्राबाट अभिनेत्रीद्धय नन्दिता केसी र गरिमा पन्त नेपाल फर्किएका छन् । उनीहरुले युरोपका बेल्जियम, जर्मन र हल्यान्डका विभिन्न शहरहरुमा नेपाली सँस्कृती झल्कने नृत्य प्रस्तुत गरे ।

 

बेल्जियमको लुभेन सिटीमा उनीहरुलाई सबैभन्दा बढी दर्शककले साथ दिए । बेल्जियमको यन्थ्रोप शहरमा पहिलो पटक नेपाली साँस्कृतिक कार्यक्रम देखाउने अवसर उनीहरुले पाए । त्यहाँ करिब पाँच सय दर्शकको सहभागिता रहेको नन्दिता बताउँछिन् । स्पेनको शहरमा भने उनीहरुले कार्यक्रम प्रस्तुत गर्न पाएनन् ।

 

 

पहिलो पटक युरोप टुरमा निस्किएकी नन्दिताले त्यहाँबाट के सिकिन् त ? 'समयको महत्वलाई बुझ्ने मौका पाएँ,' नन्दिताले भनिन्- 'त्यहाँ बसुञ्जेल कुनै समस्य भएन । खान, बस्न र घुम्न आयोजकले राम्रो व्यवस्था गर्नु भएको थियो ।' नन्दिता र गरिमा सहितको नेपाली साँस्कृतिक टोलीलाई पार्टी पियस्टा कम्पनीले युरोप उडाएको थियो ।

 

मिडियामा आएजस्तो लजिङ फुडिङ कुनै समस्य नभएको नन्दिताले दाबी गरिन् । उनले भनिन्- 'हामी बिच भएको कुराकानी कार्यक्रमसँग जोडिएको थिएन । मिडियामा किन त्यसरी प्रचार गरियो हामी अचम्ममा छौं ।' पछिल्लो पटक कुनै पनि फिचर फिल्ममा साइन नगरेकी नन्दिता गरिमा पन्तको साथमा पुनः केही समय पछि युरोप टुरामा निस्कने छिन् । अबको युरोप यात्रामा भने खान र बस्न नपाएको समाचार बाहिर नआओस् दुवैलई शुभकामना !