Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

खुकुलो बन्दै सेन्सर बोर्ड !

फिल्मीखबर, काठमाण्डौ, 2013/08/30

पाच्य हुने संवादमा समेत कैंची चलाउँदै आएको चलचित्र जाँचपास समिती (सेन्सर बोर्ड) अहिले भने खुकुलो हुन थालेको फिल्मकर्मीले महसुश गरिरहेका छन् । व्याण्ड गरिएका फिल्मलाई नै सेन्सर बोर्डले प्रदर्शनको अनुमती दिएपछि यस्तो महसुश गरिएको हो ।


सेन्सर गरेका सिन र संवाद नकाटी चलाएपछि गत बर्ष एक शो पश्चात नै व्याण्ड गरिएको फिल्म एटिएमलाई सेन्सर बोर्डले यो बर्ष रिलिजको अनुमती दियो । भ्ल्गारिटीको नमुनाको संज्ञा पाएको एटिएमले पुन: प्रदर्शनको अनुमती कसरी पायो ? सेन्सर बोर्ड नै जानोस् ।

 

फिल्मको ८० प्रतिशत दृश्य भल्गर भएका कारण सेन्सर पास हुन नसकेको फिल्म 'बर्बाद'लाई अहिले आएर सेन्सर बोर्डले 'पिजी सर्टिफिकेट थमाउँदै रिलिजको अनुमती दिएको छ । शुरूमा कुनै पनि हालतमा रिलिज हुन नसक्ने बताईएको यो फिल्म अहिले आएर सेन्सर पास किन भयो ? अष्लिलताको पराकाष्टाको संज्ञा पाएको 'बर्बाद' सेन्सर पास भएपछि यो बिषयले बहसको सिर्जना गराएको छ ।

 

थुप्रै फिल्ममा लाजमर्दो तर्क दिंदै काट्न नपर्ने दृश्य समेत कैची चलाएको सेन्सर बोर्डले यौन मनोविज्ञानमा बनेको फिल्म 'साँघुरो'लाई युनिभर्सल सर्टिफिकेट दिएपछि अब सामान्य दृश्य तथा संवादमा निर्माण युनिटले टाउको दुखाउन नपर्ने फिल्मकर्मीको आश छ । फिल्मकर्मी भन्छन्- 'बल्ल सेन्सर बोर्डका सदस्यले फिल्म बुझ्न थाले जस्तो छ ।' गत बर्ष सेन्सरको मुद्दालाई लिएर चर्चाचर्की गर्ने फिल्मकर्मी अहिले चुपचाप छन् । यसको मुख्य कारण सेन्सर बोर्ड खुकुलो हुनु हो ।

 

अर्को तर्फ, सामान्य संवाद दृश्यमा कैंची चलाउने सेन्सर बोर्ड खुकुलो हुन थालेपछि अष्लिल फिल्मले प्रश्रय पाउने फिल्मकर्मीको तर्क पनि छ । 'सेन्सरको नीति र नियम नभएसम्म यस किसिमको उतारचढाव आईरहन्छ,' निर्देशक तथा निर्माता आकाश अधिकारी भन्छन्- 'नीति र नियम नहुनु भनेको मनपरी हुनु जस्तै हो ।' नीति नभएसम्म सेन्सरको बिषयमा बोल्नु बेकार रहेको आकाश बताउँछन् ।