Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ढुवानी लिएर सिएनएन हिरो राजधानी देखि धुलिखेलसम्म

फिल्मीखबर, काठमाण्डौ, 2013/08/30

फिल्म प्रचारमा नयाँ तरिका अपनाउन थालिएको छ । नयाँ प्रयोग स्वरुप ढुवानी युनिटले फिल्म प्रचारको लागी कार र्‍याली गर्दैछ । यही भदौ २२ गते भृकुटीमण्डप देखि धुलिखेल सम्म गरिने कार र्‍यालीमा माइती नेपाल अध्यक्ष अनुराधा कोईरालाको समेत सहभागिता रहनेछ ।

 

सन् २०१० को सिएनएन हिरो कोईरालाले कार र्‍यालीमा सहभागिता जनाउन लागेको फिल्म निर्माता कविता श्रेष्ठले जानकारी गराईन् । बिहान ८ बजेबाट सुरु हुने र्‍यालीमा करिब चार सय कार सहभागी गराउने लक्ष्य रहेको निर्मात्री श्रेष्ठ बताउँछिन् ।

 

र्‍यालीलाई रोटरी क्लब, नगरपालिका, शान्ति शिक्षा सदन, महिला समुह लगायतले भक्तपुर ठिमीमा स्वागत गर्नेछन् । धुलिखेल पुगेपछि भने र्‍याली सभामा परिणत हुनेछ । त्यहाँ फिल्म बारेको जानकारी सँगै पत्रकार महासंघ, नगरपालिका, पर्यटन बोर्ड लगायतले स्वागत गर्ने कार्यक्रम छ । होटल मिरावलमा लञ्चको व्यवस्था छ ।

 

 

पिताम्वर पाण्डे निर्देशित फिल्ममा किशोर खतिवडा, प्रविण खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । फिल्मलाई सेन्सर वोर्डले पिजी प्रमाण पास दिएको छ ।

 

चेलिबेटी बेचबिखनको कथालाई मुख्य प्लट बनाएको फिल्म ढुवानीको भदौ २८ को रिलिज पछि माइती नेपालले अल नेपाल च्यारिटी राईट किनेको छ ।