
जेष्ठ नागरिक समाजको सहयोगार्थ शनिबार बिराटनगरमा फिल्म 'त्राश'को बिशेष प्रदर्शनी गरियो । बिराटनगरको आरोहण गुरूकुलमा साँझ ४ बजे फिल्म निर्माण युनिटले बिशेष प्रदर्शनी गरेको हो ।

राजधानीको एकेडेमी हल हुँदै पहिलेको बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको सविधान सभा भवन) र सोल्टी होटलमा सम्पन्न हुँदै आएको नेफ्टा अवार्डको छैठौं सस्करण मलेशियामा हुने भएको छ ।

चल्तिका नायक आर्यन सिग्देलले राम्रो सन्देश दिने विदेशी भाषाको फिल्म कपी गर्दा कसैले आपत्ति जनाउन नहुने बताएका छन् ।

भारतको सिक्किममा ५० प्रतिशत सुटिङ सकेर फिल्म 'सीसा' युनिट काठमाण्डौ फर्केको छ । अब बाँकि सुटिङ काठमाण्डौ आसपासका क्षेत्रमा गर्ने निर्देशक आरबिके शरदले जानकारी दिए ।

सुदुरपश्चिमको दार्चुलामा केही दिन अघि आएको भीषण बाढीबाट पीडित भएकाहरुको सहयोगको लागि युवा संघ नेपाल व्यास नगर कमिटीले नेपाली फिल्म ‘महशुस’को शनिबार च्यारिटी सो आयोजना गर्यो ।

अस्कर अवार्डमा प्रतिस्पर्धीका रूपमा सहभागी हुन ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ले नेपाली फिल्मकर्मीहरूलाई यही २०७० श्रावण ६ गते आइतबार १:०० बजेभित्र यस समितिको सचिवालयमा फिल्म दर्ता गर्नका लागि आह्वान गरेको छ ।

