
भदौ महिनालाई ट्याग दिने हो भने यो महिना सेलिब्रेटीको बर्थडे महिना हो ।

सायद डेब्यू हिरो संयम पुरीको डिप अफएर भोलिका दिनमा कोसँग होला त्यो भोलिको कुरा तर अहिलेको अवस्थामा उनको सवैभन्दा मिल्ने साथी भएकी छिन् आस्मा डिसी ।

भाद्र २९ गते रिलिज हुन लागेको फिल्म 'बडीगार्ड' लाई सेन्सर बोर्डले १३ बर्ष मुनिका बालबालिकाले अभिभावकको उपस्थितीमा मात्र हेर्न पाउने गरी पिजी सर्टिफिकेट दिएको छ । फिल्ममा प्रयोग गरिएका द्धन्दलाई ध्यानमा राखेर सेन्सर बोर्डले सोमबार बडीगार्डलाई पिजी सर्टिफिकेट दिएको हो ।

केहि औंलामा गन्न सक्ने गरि नेपाली फिल्म निर्माताहरू सामाजिक कार्यमा अग्रसर हुने गरेको पाईन्छ । यिनै औंलामा गन्न सकिने निर्माता मध्येका एक सरद अधिकारी पनि देखिएका छन् । भाद्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ब्ल्याक मेल' को च्यारिटी गर्दै निर्माता अधिकारीले सहयोगको हात अगाडी बढाएका हुन् ।

भोली मंगलबार साँझ फिल्म फेसबुकको राजधानीका भव्य समारोहका विच प्रेस मिट गरिंदैछ । केक्टेल डिनर सहित त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजना हुन लागेको सो प्रेस मिटका सहभागी हुन हिरो स्वतन्त्र प्रताप शाह आजै अष्ट्रेलियाबाट नेपाल आईपुगेका छन् ।

विश्वप्रसिद्ध साहित्यिक कृति ‘शिरिषको फूल’ मा आधारित रहेर निर्माण गरिएको फिल्म 'शिरिषको फूल' को आईतवार राजधानीमा एक समारोहका विच प्रिमियर गरियो । चर्चित साहित्यकार पारिजातले लेखेको सो कृतिमा बनेको उक्त फिल्मलाई जापनिज नागरिक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् ।