अभिनेता राजबल्लभ कोईरालाले हिजो (भदौ १४) गते आफ्नो जन्मदिन सेलिव्रेट गरेका छन् । उनको जन्मदिनमा फिल्म 'छ एकन छ' युनिटले सरप्राइज बर्थ डे केक काटेको थियो ।
निर्माता निर्मल शर्माको निवासमा वर्थडे केक काटिएको हो । राजको बर्थडे कार्यक्रमा निर्मल शर्माको साथमा दीपकराज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे, कविता शर्मा लगायतको उपस्थिती रहेको थियो । 'छ एकान छ' फिल्म युनिटसँगको केक काट्ने बाहेक उनले अन्य वर्थडे सेलिव्रेसन कार्यक्रम राखेनन् ।
.jpg)
दिनेश डिसी निर्देशित फिल्ममा बल्लभ विशेष भुमिकामा छन् । पोखरा शहरको रेडियो जकी हुँदै फिल्ममा प्रवेश गरेका बल्लभ फिल्म नगरीमा बौद्धिक व्यक्तिको रुपमा परिचित छन् । फुर्सदमा कविता कोर्ने बल्लभको रजतपटमा प्रवेश दिपक श्रेष्ठ निर्देशित पर्खि बसें फिल्मबाट भएको हो । युना उप्रेती अपोजिटमा रहेको उनको डेव्यु फिल्म हिट भएको थियो ।
दुई दर्जन भन्दा बढी फिल्ममा अभिनय गरि सकेका बल्लभ 'राघव' फिल्म मार्फत भने निर्माता बनेका छन् । उनी अभिनित पछिल्लो फिल्म 'ऋतु' प्रदर्शनको क्रममा छ । उनले हलिउड प्रोजेक्ट 'हाइवे टु धुम्पुस'मा पनि काम गरेका छन् । ढिलै भएपनि राजबल्लभलाई जन्मदिनको शुभकामना !

