Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक बर्षमा कलाकार संघले के-के गर्यो ?

फिल्मीखबर, काठमाण्डौ, 2013/09/01

एक बर्ष अगाडी कलाकार संघको अध्यक्ष पदमा निर्वाचित भएका नवल खड्काले अध्यक्ष हुनुपूर्व १५ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका थिए । उनले आफ्नो कार्यकाल अवधिभर उक्त प्रतिज्ञा पूरा गर्ने वचन दिएका थिए ।


आज आईतवार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी नवलले एक बर्ष भित्र आफू र आफ्नो संघले गरेको उपलब्धीका बारेमा जानकारी गराए । कलाकार संघले एक बर्षमा १८ प्रकारका कामहरू गरेको बताएको छ । ति मध्ये रंगशालामा आयोजना भएको मैत्री पूर्ण फुटबल सहितको बाग्मती सरसफाई कार्यक्रम प्रमुख प्राथमिकतामा परेको छ ।

 

यस्तै अल्का अस्पताल कलाकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था, बनभोज कार्यक्रम, फिल्मकर्मीको आन्दोलनमा ऐक्यबद्धता, स्वास्थ्य सिविर, बनभोज कार्यक्रम, एम्बुलेन्स सेवा, कलाकारका सन्तानलाई शैक्षिक छात्रबृतिको पहल, कलाकार बिमा र कलाकार कल्याण कोष लगायतका कार्यक्रम गरेको संघले जनायो ।

 

 

कार्यक्रममा यहि भाद्र २९ गते आयोजना हुन लागेको संघको बार्षिक साधारण सभामा कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो । जस अर्न्तगत बर्षको नेपाल चलचित्र कलाकार संघ पुरस्कारबाट अभिनेता कृष्ण मल्ललाई ५१ हजार नगद राशीको पुरस्कार सहितको सम्मान, नेपाल चलचित्र कलाकार संघ शान्ती मास्के पुरस्कारबाट अभिनेत्री मिथिला शर्मालाई १५ हजार १ नगद सहितको सम्मान प्रदान गरिने छ ।

 

यस्तै नेपाल चलचित्र कलाकार संघ विशेष सम्मानबाट नायक अर्जुन कार्की र नायिका निशा अधिकारी, नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मानबाट कृष्ण भट्टराई र दिपेशराज थारु, नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मानबाट विल्सन विक्रम राई, चलचित्र कलाकार संघ सेवा सम्मानबाट राजाराम पौडेल, शुशिल पोख्रेल र श्रीराम पुडासैनीलाई सम्मान गरिने भएको छ ।