Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.30/5.00)
Text size:-
+
-

क्रान्तिकारी बाबुको `देश खोज्दै जाँदा` (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/31

दुई दशकदेखि नेपालमा शरणार्थी जीवन विताईरहेका भुटानी नेपालीहरूको दु:ख र संघर्षको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'देश खोज्दै जाँदा'को अफिसियल प्रोमो रिलिज गरिएको छ ।

 

भुटनिज नेपालीको आवाजलाई पर्दामा मार्फत प्रस्तुत गरिएको यो फिल्ममा बाबु बोगटी क्रान्तिकारी नेताको भुमिकामा छन् । भुटनिज शरणार्थीको वास्तविक घटनालाई प्रस्तुत गर्ने बताईएको यो फिल्मलाई लाईन क्रश मुभिजको व्यानरमा प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् ।

 

फिल्ममा बाबुको साथमा हेमन्त बुढाथोकी, अरूणा कार्की र नयाँ प्रस्तुतीको रूपमा सरिता वलीको मुख्य भुमिका रहेको छ । निर्देशक आङदेम्बेकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद उपेन्द्र सुब्बाले तयार पारेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् ।