Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोस्टपोण्ड डेटमा प्रोड्युसर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2013/08/31

प्राविधक कारण देखाउँदै फिल्म प्रोड्युसरको भदौ १४ को अल नेपाल रिलिज डेटलाई पोस्टपोण्ड गरिएको थियो । तर, निर्माण युनिटले हिजो नै फिल्मलाई सञ्चारकर्मी र फिल्मसँग सम्बन्धित पक्षलाई देखाएको छ ।

 

 

फिल्मलाई हिजो साँझ बालाजु स्थित अष्टनारायण हलमा देखाइएको थियो । फिल्म निर्माण गर्न इच्छा राख्ने युवापुस्ताको कथालाई उपस्थित सञ्चारकर्मी एवं फिल्मकर्मीले मन परेको प्रतिक्रिया दिए । फिल्म कमेडी शैलीको छ । ज्योतीराज राई प्रस्तुतकर्ता रहेको राजकुमार राई निर्मित फिल्म 'प्रोड्युसर'लाई जनकदिप पराजुलीले निर्देशन गरेका हुन् । टेलिश्रृङ्खलाका निर्देशक पराजुलीको प्रोड्युसर पहिलो फिल्म हो ।

 

 

फिल्ममा विल्सन विक्रम राई, बाबु बोगटी र श्याम अर्यालको मुख्य भुमिका छ । सञ्चारकर्मी अर्याल यसै फिल्म मार्फत नायक भएका छन् । साथमा युवराज लामा, श्याम राई, श्वेता भट्टराई, पायल रायमाझी लगायतको अभिनय छ । हिजोको फिल्म हेर्ने कार्यक्रममा विल्सन बाहेक फिल्मका प्रायः सबै युनिटको उपस्थिति थियो । विल्सन कार्यक्रम लिएर मोफसल निस्किएका छन् ।

 

 

फिल्ममा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत तथा प्रज्वललित पराजुलीको सम्पादन रहेको छ । रजतपटमा प्रतिक्षित फिल्मको रुपमा हेरिएको प्रोड्युसरको आगामी प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माण युनिटले फिल्मको च्यारिटी भने देशभर गर्ने तयारी गरेको छ ।