Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खिलराज रेग्मीले भने- `चुनावमा जनतालाई जागरुक बनाउनुस्`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/14

मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचनमा कलाकार सक्रिया हुन आग्रह गरेका छन् । नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि बनेर कमलादी स्थित प्रज्ञा भवनमा पुगेका रेग्मीले कलाकारहरुलाई आगामी संविधान सभाको निर्वाचनमा जनतालाई जागरुक गराउन समेत आग्रह गरे ।

 

 

करिब दुई मिनेटको मन्तव्यमा रेग्मीले समस्या भए कलाकारलाई छलफलको लागी निमन्त्रणा समेत दिए । उनले सरकारले कलाकारको हितको लागी काम गर्ने आश्वसन दिए । नेपाल चलचित्र कलाकार संघको २६ औं स्थापना दिवसको अवसर पारेर गरिएको साधारण सभालाई मन्त्रीपरिषद अध्यक्ष रेग्मीले औपचारिक उद्घाटन गरेका थिए । प्रज्ञा भवनमा उनको स्वागतको लागी पञ्चे बाजा घन्काइएको थियो ।

 

 

नवल खड्का अध्यक्ष रहेको नेपाल चलचित्र कलाकार संघले साधारण सभाको मौकामा विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । नेपाल चलचित्र कलाकार संघ २०७० बाट अभिनेता कृष्ण मल्ल पुरस्कृत भएका छन् । अभिनेता मल्ललाई रु.५१ हजार र ताम्रपत्र हस्तान्तरण गरियो । त्यस्तै अभिनेत्री मिथिला शर्मा नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार २०७० बाट पुरस्कृत भइन् । अभिनेत्री शर्मालाई रु. १५ हजार १ रुपैयाँ र ताम्रपत्र प्रदान गरियो ।

 

 

नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान २०७० अन्र्तगत भने सगरमाथाका सफल आरोहीद्धय अभिनेता अर्जुन कार्की र अभिनेत्री निशा अधिकारीलाई दिइयो । पत्रकारतर्फ कृष्ण भट्टराई र दिपेशराज थारु सम्मानित भए । कलाकार विल्सन विक्रम राई, राजाराम पौड्याल, सुशील पोखरेल र श्रीराम पुडासैनीलाई संघले सम्मान गरेको थियो ।

 

 

सुरुवातमा संघका महासचिव रामकेशर वोगटीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संघका कार्य समिति सदस्य सहित अन्य साधारण कलाकार सदस्यको उपस्थिति रहेको थियो ।