
सम्झना उप्रेती रौनियार निर्देशित पहिलो फिचर फिल्म मेघाको डविङ सुरु भएको छ । महाराजगञ्जस्थित रेड स्टुडियोमा अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको स्वराङ्कन सुरु गरेकी हुन् ।

दुवै मृगौला फेल भएका निर्देशक शिव रेग्मीको उपचारार्थ रकम संकलन हुने क्रम जारी छ । नेपाल चलचित्र संघले निर्देशक रेग्मी लाई एक लाख रुपैयाँ उपलब्ध गराएको छ ।

फिल्मको कमजोर व्यापारले देशका हल बन्दको अवस्थामा छन् । यिनै बन्दको स्थितीमा पुगेका करिब एक सय नजिक हलमा अहिले हाहाकार छाएको छ । लगातारको वर्षा, विदाका दिन नपर्नु र फिल्मको निराशको व्यापारले निर्माता फिल्म प्रदशर्नमा हच्किएपछि असार र साउन महिनामा हलमा फिल्मको अभाव देखिएको हो ।

स्वर डेब्यू नायिका बेनिशा हमालका लागि आज स्पेसल दिन हो । २२ बसन्त पारेर गरेकी बेनिशाआजकै दिन चितवनको गितानगरमा जन्मेकी हुन् । यो बर्षको जन्मदिनसँगै बेनिशाको स्पेसल के छ त ? फिल्मीखबरसँग हर्षित मुद्रामा खुल्दै बेनिशाले भनिन्- 'आज मात्र हैन यो बर्ष नै मेरो लागि स्पेसल हुनेछ ।'

एनफडिसी राष्ट्रिय चलचित्र पुरस्कार सकिएको साता बित्न लाग्दा पनि यसको ह्याङ भने सकिएको छैन । अवार्ड आयोजना ताका नै राष्ट्रिय शब्दमा विवाद खेपेको एनफएफडिसीले कार्यक्रमको समापनमा भने चर्को विवाद खेप्नु परेको छ ।

अन्तराल डेव्यु नायिका नम्रता सापकोटा पशु प्रेमी हुन् । फिल्म सिग्नेचर रिलिजको पर्खाइमा रहेकी नम्रताको कुकुर र बिरालो प्रति प्रेम गाढा छ । उनले घर र कार्यालयमा आठ वटा जनावर (कुकुर र बिरालो) पालेकी छिन् ।

