Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

कुन पहिरनमा को सुन्दर ? (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/14

शुक्रबार साँझ काठमाण्डौको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित 'ट्रेण्डसेटर्स' नाम दिईएको फेसन शोमा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेत्रीहरूले क्याटवाक गरे ।

 

९ जना फेसन डिजाईनरले तयार पारेको पोशाकमा रेखा थापा, निशा अधिकारी, नम्रता श्रेष्ठ, प्रियंका कार्की, ऋचा शर्मा सहित पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, भिजे पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र भिजे तथा मोडल साहाना बज्राचार्यले क्याटवाक गरे ।

 

यस्तै फिल्ममा आफ्नो भविष्य खोज्दै गरेका मोडल तथा अभिनेता अनुपबिक्रम शाही पनि पुरूष तर्फको फेसनमा आकर्षक पहिरनमा झुल्किएका थिए । आईरा, विश्व गौतम, तेन्जिन भुटिया, सुरोचिरा, पूजा बगरिया, बुखिया, जुनेली, मुसी र ओडिनीले तयार पारेको फेसन शोमा सेलिब्रेटीले अतिथी बनेका थिए । रचना शर्मा गुरूङले करियोग्राफी गरेको उक्त फेसन शोमा सेलिब्रेटी सहित दर्जन भन्दा बढि मोडलले क्याट वाक गरेका थिए ।

 

कार्यक्रमको शुरूवातमा अभिनेत्री प्रियंकाले आकर्षक डान्स प्रस्तुत गरेकी थिईन् भने कार्यक्रम सञ्चालन पूर्व मिस नेपाल माल्भिका सुब्बा र भिजे तथा आरजे संजयले गरेका थिए ।
 

 

Rekha Thapa

 

Nisha Adhikari

 

Malina Joshi

 

Reecha Sharma

 

Namrata Shrestha

 

Priyanka Karki

 

Sadikshya Shrestha

 

Sahana Bajracharya

 

Anup Bikram Shahi

 

Priyanka Karki