Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

पूर्व प्रधानमन्त्रीको कृतिमा माथि बन्यो फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2013/09/15

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको कृति माथि छोटो फिल्म निर्माण भएको छ । अभिनेता भूपेन चन्दले आफ्नै पिता प्रधानमन्त्री चन्दको कृति 'ठकठकेहरू' माथि लघु फिल्म निर्माण गरेका हुन् ।

 

 

फिल्मीखबरसँग कुरा गर्दै अभिनेता तथा वन्स अपन अ टाइम नामक फिल्म निर्माण कम्पनी मालिक भूपेनले भने- 'कम्पनीको यो पहिलो सुरुवात हो । उत्कृष्ट लागेर बुवाकै कृति माथि फिल्म निर्माण गरिएको हो ।' केही समय अघि 'ठकठकेहरू'का कलाकारलाई पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्दले सम्मान पत्र हस्तान्तरण गरेका थिए । २०२८ साल ताका लेखिएको 'ठकठकेहरू' कविलाई कविता लेख्दा आईपर्ने बाधा अड्चन माथि केन्द्रित छ ।

 

 

लघु फिल्ममा २८ साल ताकाकै भेषभूषा र भाषा प्रयोग गरिएको भूपेनले जानकारी गराए । करिब ५० मिनेटको लुघ फिल्मलाई सागर लामिछानेले निर्देशन गरेका छन् । यसमा मुख्य सहायक निर्देशक भएर अभिनेत्री सौजन्य सुब्बाले काम गरेकी छिन् ।

 

 

पुरुषोत्तम प्रधानले खिचेको लुघ फिल्ममा भूपेन चन्द, सौजन्य सुब्बा, जितु नेपाल, रवि गिरी, केशव चन्द लगायतको अभिनय । 'ठकठकेहरू' फेस्टिभल केन्द्रित फिल्म बताइएको छ । फिल्मलाई लिएर भूपेन यही डिसेम्वरमा अमेरिका उड्दै छन् ।