यो शुक्रबार बिग व्यानर र स्टार कलाकार बिच हल भिडन्त हुने छैन । असोज चारको रिलिजलाई हलवाला तथा वितरकले सामान्य लडाइँको रुपमा लिएका छन् । यो साता तीन फिल्म एकसाथ देशभर प्रदर्शन हुँदैछन् ।
फ्राइडे रिलिज फिल्म 'प्राण भन्दा प्यारो'लाई कमलकृष्ण पौडेलले निर्देशन गरेका हुन् । रेखा फिल्मस्को रावण फिल्मबाट निर्देशनमा डेव्यु गरेका कमलकृष्णको यो तेस्रो प्रोजेक्ट हो । यसअघि उनी निर्देशित फुलस्टप फिल्म प्रदर्शनमा आएको थियो । पञ्च परमेश्वर फिल्मको प्रस्तुती रहेको प्राण भन्दा प्यारोमा निर्देशक स्वयम, वासु पुँडासैनी र अनमीका चौलागाइँको मुख्य भुमिका छ ।
प्राण भन्दा प्यारोसँगै प्रदर्शनमा आउने खेताला नामक फिल्मको प्रचार सामाग्रीलाई आधार मान्ने हो भने यो फिल्म सेक्स कन्टेन्टमा आधारित छ । चुम्वन, वेन सिन तथा द्धिअर्थी लाग्ने संवाद यस फिल्मका मसला हुन् । राजेश ढुङ्गाना, पुष्कर रेग्मी, मोनिका दहाल लगायतको फिल्ममा अभिनय छ । फिल्मलाई शिव घिमिरेले निर्देशन गरेका हुन् ।
प्राण भन्दा प्यारो र खेतालाको साथमा दुश्मनी नामक नेपाली फिचर फिल्म पनि यो शुक्रबार प्रदर्शनमा आउँदैछ ।

