फिल्मीखबरको पहिलो डायलमा अभिनेत्री शुष्मा कार्कीको मोबाइल उठेन । लगत्तै सोही नम्वरबाट फिल्मीखबरको कार्यालयमा फोनको घन्टी बज्यो । फोन रिसिभ गर्दा शुष्मा हैन, कुनै पुरुषको आवाज सुनियो ।
केहि महिना अगाडी मात्रै व्याय फ्रेण्डलाई व्रेकअप दिएकी शुष्माको मोबाइल बोक्ने को हुन् ती पुरुष पात्र ? जिज्ञासा हुनु स्वभाविक थियो । यो शुष्मा जीको नम्बर हैन ? तपाई को बोल्नु भएको ? प्रश्न गरियो । उनले जवाफ फर्काए- 'फोन उठाउँदै थिएँ, काटियो । मलाई चिन्नु भएन ?' उनले उल्टै प्रश्न गरे ।
ती पुरुष बोल्दै गर्दा बीचमा शुष्माको आवाज सुनियो । शुष्मा मोबाइलमा बोल्न थालिन् । ल बधाई छ, तपाईलाई ! उनले थाहा नपाए जस्तो गर्दै प्रश्न गरिन्- 'केको बधाई ?' उत्तर फर्काइयो, पुर्नमिलन भएकोमा । शुष्मा खित्का छोडेर हाँसिन् ।
केहि बेर अक्मकिंदै शुष्माले भनिन्- 'ल कसरी थाहा भयो ?' किन गोप्य राख्ने विचार थियो र ? उल्टै प्रश्न गरियो । उनी केही गम्भीर जस्तो सुनिइन्- 'त्यस्तो हैन । माया प्रेममा सामान्य विवाद त भै हाल्छ नि !'
पुर्नमिलन चाहि कसरी भयो त ? प्रश्न सोध्न नपाउँदै शुष्माले हतारिदै भनिन्- 'अहिले सपिङ जान लागेको पछि कुरा गर्छु ल !' हेलो हेलो...फोन काटियो ।
केही महिना अघि बिबाद गर्दै एकआपसमा छुट्टिएका अभिनेत्री कार्की र अनुप्रस्थ ब्यान्डका भोकलिस्ट निरन शाही बिच पुर्नमिलन भएको छ । शुष्मा र निरनको पुर्नमिलनलाई बधाई !

