कस्तुरी फिल्मका निर्माता तथा निर्देशक किरण प्रधानको साँगीतिक एकल साँझ हुने भएको छ । यही असोज १५ गते प्रज्ञा प्रतिष्ठान भवनमा हुने एकल साँझ बारे एक प्रेस समारोहका बिच औपचारिक जानकारी गराइयो ।

अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको प्रेस समारोहमा 'भुल तेरो अघि हिड्ने...' र सम्झना फिल्मको 'के सोचे मैले...' गीत समेत गाए । गायक प्रधानले भने- 'ब्याडमिन्टन खेल स्तर वृद्धिका लागी यो साँझ आयोजना हुँदैछ ।' प्रधान अध्यक्ष रहेको राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघले एकल साँझको आयोजना गर्दैछ ।

साढे दुई घण्टा सम्म चल्ने एकल साँझमा उनका दुई दर्जन चर्चित गीतलाई सुन्न सकिनेछ । किरणले भुल हो तेरो भागी हिड्ने, बिर्सनु भन्दा सम्झना पो बल्झने जस्तो, मेरो टोपी कैलाशको शिर जस्तो, पत्थरको मुटु बोकेर, भञ्ज्याङको डिलमा बसी, बेहुलाले बेहुली पाएको जस्ता गीतलाई प्रधानले गाउँने छन् । अहिले पनि संगीत सिर्जनामा खटिरहेका प्रधानले आधा दर्जन एल्बम बजारमा ल्याएका छन् ।

