Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रमा यौन, वाइन, सिग्रेट मात्रै ?

फिल्मीखबर, काठमाण्डौ, 2013/09/26

गएको वर्ष नेपाली फिल्म क्षेत्रको बिषयबस्तु माथि निर्माण भएको कलिउड फिल्म प्रदर्शनमा आयो । नवराज आचार्य निर्देशित कलिउड फिल्मले नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्न नसक्ने धेरैको तर्क रह्यो ।

 

डिभी परेर हाल अमेरिका रहेका निर्देशक आचार्यले नेपाली फिल्म क्षेत्रको बद्नाम गरेको आरोप खेप्नु पर्यो । निर्देशक आचार्य माथि आरोप थियो, 'नेपाली फिल्म क्षेत्रमा यौन, वाइन र सिग्रेट मात्रै हुँदैन ।' आर्यन सिग्देल र प्रियंका कार्की फिल्मका प्रमुख पात्र हुन् ।

 

नेपाली फिल्म क्षेत्रमा स्थान बनाएकी नायिकाको विषय माथि फिल्म स्टार निर्माण भएको छ । फिल्म कार्तिक १ गते प्रदर्शनमा आउँदैछ । यतिखेर स्टार फिल्मको प्रोमो बजारमा हिट छ । फिल्ममा स्टार अभिनेत्रीको भुमिका निभाएकी सुमिना घिमिरेको सेक्स संवादले बजार पिटिरहेको छ ।

 

सेक्सलाई कसरी लिनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा फिल्मकी स्टार सुमिनाले अत्यावश्यक भोजन दाल भात र तरकारीसँग तुलना गरेकी छिन् । त्यस्तै उनको वक्षस्थल तिर हेरिरहेका एक व्यक्तिलाई भनिएको छ, 'बच्चाले फुटबल हेरे जस्तो हेर्नुभयो त सर ।' यी र यस्ता दृश्य फिल्ममा कति छन् ? प्रदर्शन पछि नै थाहा होला ।

 

कलिउड र स्टार फिल्मले नेपाली फिल्म क्षेत्रका थुप्रै विषय माथि बहस सृजना गरि दिएका छन् । नेपाली फिल्म क्षेत्र यौन, वाइन, सिग्रेटमा मात्रै सिमित छ ? फिल्म कल्पनाको सृजना हो तर फिल्मलाई समाजबाट टाढा राखेर पक्कै हेर्न नमिल्ला !