एमाले पार्टीले संविभान सभा निर्वाचनको प्रत्यक्ष तर्फको टिकट सिफारिस नगरेको झोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने घोषणा गरेको अभिनेता भुवन केसीले आफु नेकपा एमाले पार्टीमै रहेको उद्घोष गरेका छन् । एमाले पार्टी मुख्यालय बल्खुमा भएको एक औपचारिक कार्यक्रममा भुवन उक्त उद्घोष गरेका हुन् ।
एमाले पार्टी कार्यालय बल्खुको पत्रकार सम्मेलनमा आफु राप्रपा प्रवेश गर्न लागेको कुरा निराधार रहेको भुवनले दाबी गरेको रिपोर्ट छ । भुवले आफु एमाले पार्टी प्रति प्रतिवद्ध रहेको बल्खु मुख्यालयको भनाई छ । तर उनले राप्रपा अध्यक्ष थापासँग भेट भएको स्विकारेका छन् । पत्रकार सम्मेलनमा उनले आफु प्रत्यक्ष निर्वाचन लड्न चाहेको ईच्छा व्यक्त गरेका थिए ।
बोलीको टुङ्गो नहुने भुवनलाई एमाले पार्टीले कुन आधारमा प्रत्यक्ष तर्फको टिकट देला ? असोज ९ मा कमल थापा अध्यक्ष रहेको राप्रपाले सुकेधारा पार्टी कार्यालयमा भुवनको स्वागतको लागी एक कार्यक्रम राखेको थियो । तर, अभिनेता केसीले कार्यक्रम सुरु हुनु भन्दा एक घण्टा अगाडी अध्यक्ष थापालाई फोन गरेर स्वास्थ्य स्थिति ठिक नभएको भन्दै कार्यक्रममा उपस्थिति जनाएका थिएनन् । राप्रपाले भने भुवन केसीले एक साता अघि नै आफ्नो पार्टीको सदस्यता लिएको दाबी गरेको छ ।

