Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मौनको सर्वेक्षण : कमेडी फिल्म मन पराउँछन् दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2013/09/26

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको रोमाण्टिक साईलेन्स लभस्टोरी फिल्म 'मौन'ले करिब डेढ दर्जन कलेजमा पुगेर बिद्यार्थी दर्शकसँग नेपाली फिल्मको बारेमा एक सर्वेक्षण गर्‍यो । जसमा अधिकांश बिद्यार्थीले कमेडी फिल्म मन पर्ने बताए ।

 

 

बिहिबार राजधानीमा प्रेस भेटघाट कार्यक्रमका विच फिल्म निर्माण युनिटले १६ कलेजका करिब ६०० बिद्यार्थी विच गरेको नेपाली फिल्मको सर्वेक्षण सार्वजनिक गरेको हो । मौन टिमले सार्वजनिक गरेको सर्वेक्षण अनुसार ७० प्रतिशत दर्शकलाई कमेडी फिल्म मन पर्ने देखिएको छ । यस्तै सर्वेक्षणमा ऐतिहासिक फिल्मलाई सबैभन्दा कम मन पराउने देखिएको छ । फिल्मको पब्लिसिटी क्याम्पियन भने ६० कलेजमा गरिएको थियो ।

 

 

फिल्मको बारेमा जानकारी लिन इन्टरनेट सबैभन्दा बढि प्रभावकारी रहेको उक्त सर्वेक्षणले देखाएको छ । यस्तै नेपाली गीत संगीतको हकमा अडियो मात्र बढि रूचाउने भिडियो कम हेर्ने गरेको उल्लेख छ । ३८ प्रतिशत दर्शकले मात्र रेगुलर फिल्म हेर्ने गरेको पाईएको छ । बढि जसो दर्शक कास्ट हेरेर नै हलमा छिर्ने गरेको सर्वेक्षणले देखाउँछ । फिल्मको ब्याक बोन स्क्रिप्ट नै नेपाली फिल्मको मुख्य कमजोरी रहेको सर्वेक्षणले देखाएको छ ।

 


 

 

कार्यक्रममा फिल्मको बारेमा जानकारी गराउँदै अभिनेता अर्पण थापाले अब फिल्मको बारेमा बोल्न बाँकी केहि नरहेको भन्दै अब बोल्ने जिम्मा दर्शकलाई छोडेको बताए । यस्तै निर्देशक सुरज भुषालले दर्शकको कमेन्ट सुन्न आफू निकै एक्साईटेड भएको बताए । निर्माता नबिन गौलीले प्रोमो र गीतमा आकर्षण गर्ने पावर देख्नु भए हलसम्म गएर फिल्म हेरिदिन दर्शकलाई आग्रह गरे ।

 

 

फिल्मलाई अल नेपाल वितरणको जिम्मा लिएको एफडी कम्पनीका सदस्य मध्येका एक प्रदिप उदयले फिल्मको प्रोमो, गीत र चर्चाले गर्दा आफ्नो कम्पनीले वितरणको जिम्मा लिएको बताए । उनले भने- 'शुरूमा सिमित हलमा लगाउने योजना बनाएका थियौं तर अहिले सबै हल सञ्चालकहरूले डिमान्ड गरेपछि हामीले देशभरका थुप्रै हलमा फिल्मलाई रिलिज गर्दैछौं ।'