कार्तिक ८ गते रिलिज हुन लागेको एक्सन फिल्म 'वार'को आईटम गीत रिलिज गरिएको छ । अभिनेत्री निता ढुंगानाले गीतमा सबैको होस् उडाउन आएको भन्दै आफ्नो मस्त जवानीलाई बारूले कम्मरसँगै मर्काएकी छिन् ।
मानव सुवेदीको संगीतमा इन्दिरा जोशीले गाएको उक्त आईटम नम्बरलाई संगीतकार सुवेदीले नै लेखेका हुन् । नितालाई नचाउने काम भने बब्बु थापाले गरेका हुन् । मुकुन्द भट्टले निर्देशन गरेको यस फिल्मलाई सुबोध भट्ट र किशोर भट्टले निर्माण गरेका हुन् । फिल्ममा निताको साथमा कृष्ण भट्टको मुख्य भुमिका रहेको छ ।

