Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजावादी पार्टीले उद्धव पौडेललाई काठमाण्डौबाट उठाउने

फिल्मीखबर, काठमाण्डौ, 2013/09/27

राजावादी पार्टी राप्रपाले गोपीकृष्ण मुभिजका संस्थापक अध्यक्ष तथा निर्माता उद्धव पौडेललाई आगामी संविधान सभाको निर्वाचन मैदानमा काठमाण्डौ क्षेत्र नं. ४ बाट उठाउने भएको छ । राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठका अनुसार निर्माता पौडेललाई पार्टीले उक्त क्षेत्रबाट प्रत्यक्ष टिकट उपलब्ध गराउनेछ ।

 

निर्माता पौडेल अहिले पितृ शोकमा छन् । निर्माता पौडेलसँगै राप्रपाले आधुनिक गायिका मीरा राणा र पप गायक संजय श्रेष्ठलाई पनि चुनावी मैदानमा उठाउँदै छ । गायिका राणा काठमाण्डौ क्षेत्र नम्वर ३, पप गायक श्रेष्ठ काठमाण्डौको क्षेत्र नम्वर ६ बाट उठ्ने तयारीमा छन् । अभिनेता भुवन केसीले भने राप्रपाबाट चुनाव लड्ने कुरालाई अस्विकार गरेका छन् ।

 

एमाले पार्टीले प्रत्यक्षबाट सिफारिस नगरेको झोकमा राप्रपा प्रवेश गर्ने घोषणा गरेका भुवनले एमाले मुख्यालयमा पत्रकार सम्मेलन गरेरै आफु एमाले पार्टी प्रति प्रतिवद्ध रहेको बताएका थिए ।