Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोमल ओली भन्छिन्- `राजनीतिले राजनीति गर्न सिकायो`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/27

सञ्चारकर्मीसँगै गायिकाको छवि बनाएकी कोमल ओली फिल्म राजनीति मार्फत अभिनेत्री बनेकी छिन् । कोरियाको साँस्कृतिक कार्यक्रम सकेर यो हप्ता मात्रै नेपाल ल्यान्ड भएकी कोमल राजनीतिको अभिनयबाट पाएको सकारात्मक प्रतिक्रियाले गद्गद् छिन् ।

 

कोमलले फिल्मीखबरसँग खुसी साटिन्- 'दर्शक तथा साथी भाईबाट पाएको प्रतिक्रियाले अभिनय गर्ने उत्साह मिलेको छ । डायलग डेलिभरी बाहेक सबै कुरा पर्फेक्ट भएको प्रतिक्रिया पाएको छु ।' अब के अभिनयमै सक्रिय हुने हो त ? दशैं कतार र तिहार हङकङका दर्शकसँग मनाउने तयारी गरिरहेकी ओली भन्छिन्- 'पूर्ण रुपमा अभिनयमा सक्रिय हुन अलि सहज छैन । रेडियो नेपालसँगै गायन पेशालाई पनि अगाडी लैजानु पर्छ । त्यसकारण फिल्म फाट्टफुट्ट मात्रै खेल्ने विचार गरेकी छु ।'

 

दर्शकले पर्दामा तपाईलाई कुन भुमिकामा देख्न सक्छन् ? कोमलले भनिन्- 'राजनीति फिल्ममा निभाएको जस्तो र सामाजिक भुमिका गर्न मन छ । माया प्रेमको भुमिकामा त अलि नसुहाउँला कि !' अभिनेता राजेश हमालसँग राजनीतिमा निभाएको भुमिकाले आगामी राजनीतिक करिअरलाई पनि सहयोग पुर्याउने कोमलले बताइन् । उनले भनिन्- 'आगामी राजनीतिक नेतृत्व पङ्त्तीमा पुग्न फिल्मको भुमिकाले थोरै भएपनि सहयोग गर्ने धेरैको प्रतिक्रिया पाएको छु ।'

 

कोमलले आगामी संविधान सभाको प्रत्यक्ष चुनाव लड्ने विषयमा कुनै टुङ्गो नभएको बताईन् । उनले भनिन्- 'निर्वाचन हुने पक्का भएपछि यस विषयमा निर्णय लिन्छु ।' केही समय अघि सद्भावना पार्टी प्रवेशको चर्चा चलेपनि कोमलले कुनै पनि पार्टीको सदस्यता लिएकी छैनन् ।