Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

जीवन र निताले `धुन` बजाउने !

फिल्मीखबर, काठमाण्डौ, 2013/09/27

नोटबुक फिल्ममा जमेको जोडी जीवन लुईटेल र निता ढुंगानालाई दर्शकले पुन: अर्को फिल्ममा देख्न सक्ने सम्भावना छ । दर्जन भन्दा बढि फिल्ममा असिस्टेन्ट गरेका कृष्ण पौडेलले डेब्यू निर्देशन गर्न लागेको फिल्म 'धुन'मा जीवन र नितालाई लिड रोलका लागि कुरा गरिएको छ ।

 

तारा सितारा प्रोडक्सनले निर्माण गर्न लागेको म्युजिकल लभ स्टोरी फिल्म 'धुन'का लागि जीवन र नितासँग कुरा भईसकेको निर्देशक बन्न लागेका पौडेलले जानकारी गराए । 'कागजी एग्रिमेण्ट भएको छैन तर मौखिक कुरा भईसकेको छ,' उनले भने । तिहार पछि सुटिङ शुरू हुने बताईएको यो फिल्ममा जीवन र निताको साथमा दिपेश भण्डारी, रमेश बुढाथोकी, श्रेया दुलाल, आकर्षण घिमिरे, बद्रि थापा, मिलन दाहाल लगायतले अभिनय गर्दैछन् ।

 

बिहिबार त्रिपुरेश्वर स्थित कृपा डिजिटल स्टुडियोमा फिल्मको गीत रेकर्डिङ शुरू गरिएको छ । लक्की सिटौलाको संगीतमा गायक स्वरूपराज आचार्यले स्वर दिए । फिल्ममा रजिना रिमाल, दिपक लिम्बु, माण्डबी त्रिपाठी लगायतले पनि स्वर दिने संगीतकार सिटौलाको भनाई छ । म्युजिकल लभस्टोरी फिल्म भएकाले गीतलाई सुमधुर बनाउन कुनै कसुर बाँकी नराखेको संगीतकार सिटौला बताउँछन् ।

 


 

मधुसुदन ढकाल, मञ्जरी दाहाल, आकर्षण घिमिरे र बद्रि थापा लगानी कर्ता रहेको यो फिल्मको सुटिङ काठमाण्डौ, पोखरा र दमकमा छायाँकन हुने बताईएको छ ।