Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

अरूणिमाका कुरा : `दशैंमा खसीको मासु धेरै खान्छु`

फिल्मीखबर, काठमाण्डौ, 2013/10/02

दशैं घरको ढोकाबाट पस्ने क्रममा छ । जमाना रेडीमेटको छ, त्यसकारण दशैंमा गर्नुपर्ने कामको अभिनेत्री अरूणिमा लम्साललाई कुनै चिन्ता छैन । बालकोट माईतीमा दशैं मनाउने अभिनेत्री लम्सालसँग फिल्मीखबरले छोटो गफ गरेको छ :-

 

कुन कुराले दशैंको महसुश गराउँछ ?

बिहानीको चिसो हावा र पारिजात फुलको मिठो वास्नाले दशैंको महशुस गराउँछ । बजारमा देखिने भिडले पनि दशै आएको संकेत गर्छ ।

 

दशैंको कुन पक्ष मन पर्छ ?

पहिला स्कूलमा छुट्टी पाउन पनि दशैं कुर्नु पर्थ्यो । नयाँ लुगा लगाउने, खसी काट्ने हुँदा दशैं एकदम रमाइलो लाग्थ्यो । अहिले चाहि दशैंको अवसरमा हुने भेटघाट नै विशेष लाग्छ ।

 

कुन पक्ष राम्रो लाग्दैन ?

बढी जाँड, रक्सी खाने र तास खेल्ने पक्ष मन पर्दैन ।

 

दशैंमा दिइने दक्षिणाको आश कत्तिको लाग्छ ?

सानो हुँदा त दक्षिणाको एकदमै आश लाग्थ्यो । पैसा पनि टन्नै कमाइन्थ्यो । तर, अहिले त पैसा कमाउनु भन्दा पनि खर्च चाहि हुन्छ । आफु भन्दा सानोलाई टिका लगाएर उल्टै दक्षिणा दिनुपर्छ ।

 

अहिलेसम्म पाएको मध्ये धेरै दक्षिणा कति छ ?

एक जना दाजु पर्नेले मलाई टिका लगाएर दश डलर दिनु भएको थियो । डलरलाई मैंले सुरक्षित राखेको छु ।

 

बिहे भएको पहिलो वर्षको दशैं कत्तिको उत्साहित भएको थियो ?

बिहेको पहिलो दशैं उत्साहित त थियो नै साथमा अलि भिन्न पनि लागेको थियो । जहिल्यै माइतीमा टिका लगाएको बानी घरमा टिका लगाउँदा अनौठो लागेको थियो । कतिखेर माइत जाउँ जस्तो लागेको थियो ।

 

दशैंमा खानको कत्तिको सौखिन हुनुहुन्छ ?

एकदमै सौखिन छु । दशैंमा खसीको मासु धेरै खाईन्छ । एक दुई छाक सागपात र दही दुध खाएपनि धेरै जसो खसीको मासु नै खाइन्छ ।