आगामी कार्तिक ८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म 'मधुमास'को पोस्टर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुन २३ दिन बाँकी रहँदा निर्माण टिमले गीत र प्रोमो सार्वजनिक भएपश्चात पोस्टर रिलिज गरेको हो ।
.jpg)
अभिनेता आर्यन सिग्देल, अभिनेत्रीद्धय पूजा शर्मा, सिवाङ्गिनी राणा र मनोज आरसी स्टारर रोमाण्टिक ड्रामा शैलीको 'मधुमास'लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानी रहेको यो फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन छ ।

कालीलाई `पिजी`
अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म 'काली'लाई चलचित्र जाँचपास समितीले 'पिजी' सर्टिफिकेट दिएको छ । सबिर श्रेष्ठले निर्देशन गरेको यो द्धन्दात्मक फिल्मलाई १६ बर्ष मुनिका बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्नुपर्ने हुन्छ ।
.jpg)
फिल्ममा द्धन्दका सिन बढि भएको भन्दै सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट दिएको फिल्मका वितरक तथा कार्यकारी निर्माता छबिराज ओझाले जानकारी गराए । यस्तै उनले फिल्मका केहि संवादमा 'म्युट' हाल्नुपर्ने सेन्सरको आदेश समेत रहेको बताए । यहि असोज २५ गते फुलपातीका दिन रिलिज हुन लागेको यो फिल्ममा रेक्खा थापा र किशोर खतिवडा मुख्य भुमिकामा छन् ।

