Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभियान वर्ष ०७० बाट कलाकर्मी सम्मानित

फिल्मीखबर, काठमाण्डौ, 2013/10/02

अभियान सम्मान २०७० बाट करिब एक दर्जन कलाकर्मी सम्मानित भएका छन् । अभियानको ३० औं वार्षिक उत्सवको उपलक्ष्यमा औपचारिक कार्यक्रम मार्फत कलाकर्मीलाई सम्मान गरियो ।

 

वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल प्रमुख अतिथि रहेको कार्यक्रममा सम्मानित कलाकर्मीलाई फुलमाला लगाएर सम्मान पत्र हस्तान्तरण गरिएको थियो । नाट्यकर्मी अशेष मल्ल अभियान रत्न सम्मान २०७० बाट सम्मानित भए । अभियान श्री सम्मान २०७० बाट कलाकार लक्ष्मी गिरी, सानु ताम्राकार, रामकेशर बोगटी, कृष्ण मुरारी ढुङ्गेल, नृत्य निर्देशक कमल राई, निर्माताद्धय प्रदीप कुमार उदय र छवि ओझा, लोक दोहोरी गायक राम प्रसाद खनाल, रंग पत्रकारद्धय विदुर गिरी र शान्तिप्रिय सम्मानित भए ।

 

नृत्य निर्देशक कमल राई सुटिङमा व्यस्त भएकाले उनका चेला गोविन्द राई सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए भने हाल अमेरिकामा रहेका लोक दोहोरी गायक राम प्रसाद खनालको सम्मान हाँस्य कलाकार शिवहरी पौडेलले ग्रहण गरे । सम्मान ग्रहण गर्ने मध्येबाट कलाकार अशेष मल्ल, शिवहरी पौडेलले र निर्माता प्रदीप कुमार उदयले सम्मानबाट आफुलाई काम गर्न हौसला प्रदान भएको धारणा राखेका थिए ।

 

कार्यक्रममा अभियान स्मारिका २०७० को प्रमुख अतिथि प्रचण्ड मल्लबाट विमोचन गराइयो । अभिनेता कृष्ण मल्ल अभियानका अध्यक्ष हुन् । कार्यक्रमको सुरुमा अभियानको सचिव मनोज केसीले स्वागत मन्तव्य राखेका थिए ।