Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोड्यूसर पछि तीन सिल्ली लिएर दिल्ली तिर जनक

फिल्मीखबर, काठमाण्डौ, 2013/10/16

आगामी माघ १६ गते शहिद दिवसको अवसर पारेर देशभर एकसाथ रिलिज हुन लागेको फिल्म 'प्रोड्यूसर'का निर्देशक जनकदीप पराजुलीले पुन: अर्को फिल्म निर्देशनको तयारी गरेका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम 'तीन सिल्ली गए दिल्ली' राखिएको छ ।

 

प्रोड्यूसरको पोस्टप्रोडक्सनको काम सकेर पब्लिसिटीको तयारी गरेका जनकले 'तीन सिल्ली गए दिल्ली' कमेडी श्रेणीको रहने बताए । ८० प्रतिशत भाषा भारतिय रहने यो फिल्मको सुटिङ नेपाल र भारतमा गरिने उनको भनाई छ । नेपाल र भारत बिचको सम्बन्धलाई बलियो बनाउन यो फिल्मले महत्वपूर्ण भुमिका खेल्ने जनकको दाबी छ ।

 

बलिउडको नर्मल फिल्मको लगानी बराबरको यो फिल्ममा लगानी हुने जानकारी दिंदै जनकले फिल्मको बारेमा भने- 'नेपालका तीन युवाहरू भारतमा काम गर्न गएपछि उनीहरूले गरेको संघर्षको कथालाई फिल्मले कमेडी शैलीमा प्रस्तुत गर्नेछ ।'



भारतमा नै कम्पनी दर्ता गरि निर्माण गर्न लागिएको यो फिल्मका लगानीकर्ता मध्येका एक प्रोड्यूसर फिल्मकै सह-निर्माता राजेन्द्र घिमिरे हुन् । अन्य लगानीकर्तासँग कुरा चलिरहेको निर्देशक पराजुलीले बताए । फिल्मको अहिले स्क्रिप्ट तयार पारिरहेको उनले जानकारी दिए ।