Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो होला सुमिनाको स्टार ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/17

अभिनेत्री सुमिना घिमिरेको कथा वरिपरि घुमेको फिल्म 'स्टार' भोली शुक्रबारबाट देशभरका पर्दामा चल्दैछ । नेपाली फिल्म क्षेत्रको कथा बोकेको यो स्टारले सिङ्गल रिलिज पाएको छ ।

 

सुमिनाले मनिषा पात्र भएर बोलेको वोल्ड डायलग, संवाद तथा पहिरनबाट चर्चा पाएको यो फिल्मलाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका हुन् । स्टारमा निर्देशक महेन्द्र बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदीको संयुक्त लगानी छ । सुमिनाको साथमा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, गणेश उप्रेती लगायतको अभिनय स्टारमा हेर्न सकिन्छ ।

 

उत्तेजक दृश्य, द्धअर्थी संवाद, महिलालाई गाली गलौज गरिएका शब्द र नायिकाले भित्री वस्त्र देखिने गरी लगाएको पोशाकलाई आधार बनाउँदै सेन्सर वोर्डले यो फिल्मलाई एडल्ट सर्टिफिकेट थमाएको छ । जसले गर्दा यो फिल्मका दर्शक १६ बर्ष माथीका मात्र हुनेछन् । दशैंको अवसरमा कालीले तानेको दर्शकलाई यो फिल्मले तान्न सक्ला त ? एक साता भित्रमा सुमिनाको स्टार पक्कै देखिने छ ।