अभिनेता आर्यन सिग्देलले बैशाखमा बिहे गर्ने भएका छन् । झण्डै पाँच बर्षको प्रेम पश्चात आर्यनले सपना भण्डारीलाई घर भित्र्याउने तयारी गरेका हुन् ।
बिहिबार दिउँसो राजधानीमा एक समारोहका विच आर्यन र सपनाले औंठी साटासाट गरेर इन्गेजमेन्ट गरे । सिमित फिल्माकर्मी र दुईका आफन्त विच इन्गेजमेन्ट गरिएको हो । फूलमाला समेत साटासाट गरेका आर्यन र सपना समारोहमा निकै खुसी देखिन्थे ।
आर्यनले अभिनय गरेको फिल्म 'मधुमास' यहि कार्तिक ८ गते रिलिज हुँदैछ । यस अवसरले आर्यनको मधुमासको पब्लिसिटीलाई पनि सहयोग पुर्याउने आश गरिएको छ । आर्यन र सपनालाई फिल्मीखबर डट कमको तर्फबाट बधाई !

