सुटिङका लागि एक महिना देखि थाईल्याण्डमा रहेको 'स्टुपिड मन' फिल्म निर्माण टिमले फुटबल खेलेर दशैं सेलिब्रेट गरेको छ । फिल्म निर्माण टिम र थाईल्याण्डको नेपाली समाज विच मैत्री पूर्ण खेल भएको थियो ।
.jpg)
थाईल्याण्डको फुकेटमा भएको उक्त खेलमा स्टुपिड मन फिल्म निर्माण टिमलाई थाई नेपाली समाजले २-० ले हरायो । एनआरएन थाईल्याण्ड र थाई नेपाली समाजले आयोजना गरेको उक्त खेल निकै रमाईलो भएको अभिनेता जीवन लुईटेलले बताए । 'हारे पनि फुटबल खेलेर दशैं मनाउन पाउँदा निकै रमाईलो भयो,' जीवनले भने । फुटबल नखेले पनि हेरेर मज्जा लिएको फिल्मकी नव अभिनेत्री चाँदनी शर्माले फिल्मीखबरलाई बताईन् ।
.jpg)
दिवाकर भट्टराईले निर्देशन गरिरहेको फिल्म 'स्टुपिड मन'को अहिले थाईल्याण्डमा सुटिङ भईरहेको छ । अझै केहि समय थाईल्याण्डमा सुटिङ गरेर तिहार अगाडी युनिट नेपाल फर्कने छ । जीवनको साथमा निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठको मुख्य भुमिका रहेको यो फिल्मलाई अभिनेता बरालको साथमा विवेक शाहीले निर्माण गरेका हुन् ।
.jpg)


