Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

कतारमा नेपाली सेलिब्रेटीले मच्चाए `धुम`

फिल्मीखबर, काठमाण्डौ, 2013/10/16

अन्य समयमा निकै चहलपहल हुने काठमाण्डौ दशैंमा भने सुनसान रह्यो । अधिकांश फिल्मकर्मी दशैं मनाउन काठमाण्डौ छाडेर आ-आफ्नो गृह जिल्ला पुगे । यसैविच करिब एक दर्जन कलाकार भने कतार पुगेर रमाइलो गरेका छन् ।

 

 

 

दशैंको शुभकामना आदानप्रदानका साथै साँस्कृतिक कार्यक्रममा सहभागी हुन कतार पुगेका राजेश हमाल र कोमल ओलीले आफू भन्दा जुनियर कलाकार सहित कतारवासी नेपालीहरूलाई दशैंको टिका लगाए ।

 

 

 

राजेश हमालको बिशेष प्रस्तुतीका विच गायिका कोमल ओली, शिव परियार र आस्था राउतले गीत गाएर उपस्थित हजारौं दर्शकलाई मनोरञ्जन प्रदान गरे भने प्रियंका कार्की, सुमिना घिमिरे, गजित बिष्ट लगायतको आकर्षक नृत्य प्रस्तुत गरे । यस्तै हाँस्यकलाकार सन्दिप क्षेत्रीले पनि आफ्नो प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन दिए ।