मिति : २०८२ आषाढ २, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 169 - 174 of 22706
फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १२, शुक्रवार

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ भने महेश स्वयंको शब्द तथा संगीत र रिकेश गुरुङको एरेञ्ज तथा मिक्सिङ्ग मास्टरिङ्ग छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख १२, शुक्रवार

गत फागुन अन्तिममा प्रदर्शन भएको ‘अञ्जिला’पछि कुनै नेपाली फिल्मले उत्साहजनक व्यापार गर्न सकेका छैनन् । ठूलो आशा गरिएका ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ले समेत अपेक्षित व्यापार गर्न सकेनन् । यतिबेला देशभरका अधिकांश हल सुनसान बनेका छन् । फिल्म प्रशस्त भएता पनि हलमा दर्शक छैनन् । यो खडेरी अब कुन फिल्मले तोड्छ, त्यो धेरैको पर्खाइको विषय बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ११, बिहिवार

भारतीय नेपाली भाषी कवि तथा साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित भएर बनेको फिल्म ‘जार’को ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरिएको छ । यसमा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बूको स्वर छ । उनलाई गायनमा पवन गिरीले साथ दिएका छन् । गीतमा शब्द रचना हर्क साउदको छ भने संगीत गायिका लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ११, बिहिवार

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । उक्त मिति हरितालिका तीजको पर्सिपल्ट अर्थात् ऋषिपञ्चमीको दिन परेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ वैशाख ११, बिहिवार

यही शुक्रबार अर्थात् बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको सस्पेन्स थ्रीलर फिल्म ‘खेल’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । बुधवार साँझ ठमेलको छायाँ सेन्टरस्थित क्युएफएक्स हलमा आयोजित प्रिमियरमा उपस्थित प्रायःले फिल्मको लेखन, छायाङ्कन, सम्पादन, कलर र फिल्मको टोन प्रशंसा गरे । कतिले हलिउड फिल्मसँग समेत तुलना गरेका थिए ।

Results : 169 - 174 of 22706
Most Visited News (monthly)