Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गौँथली’ले पूरा गर्‍यो ५१ दिन, कमाइ २६ करोड नजिक

फिल्मीखबर, काठमाडौं, 2026/09/05

gauthali-51days

 

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले व्यावसायिक सफलतासँगै प्रदर्शनमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो । फिल्म अझै ४३ हलमा ५९ शोसहित प्रदर्शनरत छ । यस वर्ष ५१ दिन मनाउने ‘लालीबजार’पछि यो दोस्रो फिल्म हो । 

निर्माता सुमन गिरी (भान्जा)का अनुसार फिल्मले शुक्रबार (१९ भदौ)सम्म घरेलु बक्स अफिसमा २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिसम्म ९ लाख ३५ हजारभन्दा बढीले फिल्म हेरिसकेका छन् । फिल्मको व्यापार अझै सुखद रहेकाले यसै साता २६ करोडको आँकडा पार हुने निश्चित देखिन्छ ।

‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनिसकेको छ । यसले ‘कबड्डी ४’को २१ करोड ४० लाखको रेकर्ड तोड्दै यो उपलब्धि हासिल गरेको हो । अब फिल्मले तोड्न बाँकी रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को मात्र हो । ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँसहित यो फिल्म बक्स अफिसको शीर्ष स्थानमा छ ।

भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधन र भौतिक संचरनामा ठूलो क्षति पुर्‍याएपछि ‘गौँथली’का निर्माताले बाढी प्रभावितका लागि आर्थिक सहयोग समेत गरेका छन् । केही दिनअघि निर्देशक रिजाल र निर्माता गिरीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 

स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको कथामा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले शिक्षाको महत्त्वलाई दर्शाउँदै श्रीमान्-श्रीमतीको सम्बन्धको कथा प्रस्तुत गरेको छ ।