Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जदौ’को ‘तिमीसँग नबोली’ गीतमा रोमान्टिक बने नीति र प्रभात

फिल्मीखबर, काठमाडौं, 2026/09/06

Niti Shah And Prabhat Pal Thakuri

 

आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को रोमान्टिक गीत ‘तिमीसँग नबोली’ सार्वजनिक गरिएको छ । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । प्रेममा रहेका युवायुवतीबीचको भावनालाई गीतमा समेटिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी नीति शाह र प्रभात पाल ठकुरीको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । भिडियोमा लोकेशन र छायांकन आकर्षक देखिएको छ । फिल्ममा यस गीतलाई कथावाचनको रूपमा प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मको यसअघि ‘जदौ हजुर’ गीत सार्वजनिक भइसकेको छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा नीति र प्रभातसहित मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्कीलगायतका कलाकारहरूको रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक लिम्बू स्वयंले तयार पारेका हुन् ।
 
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । फिल्म अन्तरजातीय प्रेमकथामा आधारित रहेको जनाइएको छ ।