Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मधुमाससँग वार

फिल्मीखबर, काठमाण्डौ, 2013/10/20

रिलिजको संघारमा रहेको वार युनिटले दशैं सेलिव्रेसनसँगै मोफसलका बजारमा फिल्मको प्रचार गरेको छ । निर्देशक मुकुन्द भट्ट र कलाकार बालकृष्ण प्रसाइँ फिल्मको प्रचार सकेर आज राजधानी फर्किए ।

 

निर्देशक र कलाकारले वुटवल, दमक र धरान लगायतका शहरमा दर्शकलाई पर्चा बाँडेर फिल्मको प्रचार गरे । अभिनेता विराज भट्टका भाई कृष्ण भट्ट पनि धनगडी बजारमा फिल्मको प्रचारमा सहभागी थिए । वारमा अभिनेता भट्टसँगै अभिनेत्री निता ढुङ्गानाको पनि मुख्य अभिनय छ ।

 

सुदर्शन थापाको फिल्म मधुमाससँगै कार्तिक ८ गते अल नेपाल रिलिज हुने फिल्मको कथा द्धन्दको नभएर प्रेमकथामा आधारित छ । निर्देशक मुकुन्द भट्टले वार सस्पेन्स रहेको बताए । सिङ्गल थिएटर लक्षित फिल्ममा हिमाल केसीको द्धन्द्ध तथा मानव सुवेदी र निरज पाण्डेको संयुक्त संयुक्त संगीत छ । बाबु थापा र गोविन्द प्रभातको छायाँकन रहेको फिल्ममा किशोर भट्टको कथा छ ।