Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कस्ले कति पाए दशैंमा दक्षिणा ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/20

बर्ष ०७० सालको दशैंले बिदा लिइसकेको छ । दशैं मनाउन घर जानेहरु राजधानी फर्कदैं छन् । शहरमा सवारीको चाप बढ्दैछ । दशैंको टिका जमरा र ठुला बडाले दिने आर्शिवादसँगै दक्षिणा पनि महत्वपूर्ण मानिन्छ । यो दशैंमा कुन सेलिव्रेटीले टिका लगाएर कति दक्षिणा पाए ? फिल्मीखबरले बुझ्ने प्रयास गरेको छ -

 

प्रदर्शनरत फिल्म स्टारकी अभिनेत्री सुमिना घिमिरेले दशैंमा टिका लगाएर जम्मा १ सय रुपैयाँ पाइन् । साँस्कृतिक कार्यक्रम लिएर सुमिना नवमीमा कतारमा पुगेकी थिइन् । त्यहाँ उनलाई अभिनेता राजेश हमालले टिका लगाइदिए । तर, दक्षिणा दिएनन् । सुमिनाले सुनाइन्- 'कोमल दिदी (ओली)ले टिका लगाएर एक सय रुपैयाँ दिनुभयो । गत बर्षका दशैंमा सुमिनाले दक्षिणा थापेर करिब ५ हजार जम्मा गर्थिन रे । सुमिना भन्छिन्- 'यो बर्षको दशैमा दक्षिणा भन्दा पनि कतारका दर्शकको माया कमाएँ ।

 

मौन अभिनेत्री नम्रता श्रेष्ठ परिवार सहित दशैं मनाउन पश्चिम बंगाल मामाघर पुगिन् । त्यहाँको दुर्गा पूजामा खुवै रमाइलो गरेकी नम्रताले दक्षिणा कति पाइन् ? 'मैले त हेरेकै छैन', नम्रताले सुनाइन्- 'दक्षिणा जति भए पनि पश्चिम बङ्गालमा हजुरआमाको नाममा बनाएको मन्दिरमा चढाउँछु ।'

 

अभिनेता सविन श्रेष्ठले दशैं काठमाण्डौमा मनाए । पानी परेकाले दशैं दशैं जस्तो नभएको सविन सुनाउँछन् । फिल्ममा काम गरेका प्रायः निर्देशकबाट टिका थापेका सविन भन्छन्- 'दक्षिणा चार हजार जति कमाएँ होला ।' अभिनेत्री वेनिशा हमालको दशैं चितवनमा बित्यो । परिवारसँग खुवै रमाइलो गरेकी अभिनेत्री हमालले टिका लगाएर कति कमाइन् त ? भन्छिन्- 'टिका लगाएर पाँच हजार जति भएको छ । केमा खर्च हुन्छ थाहै छैन ।'

 

अभिनेत्री दिपाश्री निर्रौलाले भने दशैंको दक्षिणालाई समाजसेवामा खर्च गर्ने बताइन् । गृह जिल्ला विराटनगर र मामाघर इटहरीबाट टिका लगाएर जम्मा भएको करिब पाँच हजार रुपैयाँ असाहयको शैक्षिक सेवामा खर्च गर्ने दिपाले बताइन् ।