Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 3.67/5.00)
Text size:-
+
-

काली रेखा करोड क्लबकी अभिनेत्री (एक हप्ते करोबार सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/10/20

देशका ८० भन्दा बढी पर्दामा फुलपाती देखि प्रदर्शनरत फिल्म कालीको एक हप्ते कारोबार फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । काठमाण्डौ र मोफसलका वितरकबाट प्राप्त रिपोर्टले कालीको एक हप्ते कारोबार उत्साहप्रद रह्यो ।

 

मोफसल वितरक प्रदीपकुमार उदयका अनुसार असोज २५ देखि कार्तिक २ गते शनिबारसम्म कालीले मोफसलका पर्दाबाट ८९ लाख ५ हजारको ग्रस व्यापार गर्न सफल भएको छ । वितरक उदय भन्छन्- 'कालीको एक हप्ते व्यापार उत्साजनक रह्यो । कालीको व्यापारले सिङ्गल थिएटरमा दर्शक छन् भन्ने प्रमाणित गरेको छ ।' काली हाल मोफसलका करिब ६० पर्दामा प्रदर्शनरत छ ।

 

त्यस्तै काठमाण्डौबाट एक हप्तामा कालीलाई ४७ लाख ६५ हजार ग्रस प्राप्त भएको रिपोर्ट वितरक गोपाल कायस्थले दिएका छन् । वितरक कायस्थ भन्छन्- 'कालीको व्यापार सुपरहिटको हो । यो व्यापारले अन्य फिल्मको व्यापार समेत राम्रो हुने आशा जगाएको छ ।' काली काठमाण्डौका १५ पर्दामा प्रदर्शन भैरहेको वितरक कायस्थले जानकारी दिए । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म कालीले एक हप्तामा लगानी उठाएर नाफा समेत कमाउन सफल भएको छ ।

 

४५ लाखमा निर्माण लागत भएको कालीलाई एक हप्ताको ग्रस व्यापारबाट झण्डै ६० लाख निर्माताको भागमा पर्न जान्छ । कालीले दोस्रो हप्तामा डेढ करोड भन्दा बढिको व्यापार गर्न सक्ने आँकलन गरिएको छ । फिल्मका कार्यकारी निर्माता छविराज ओझाले कालीको व्यापार कस्ले चोर्यो मेरो मन पश्चात सर्वाधिक रहेको बताए । फिल्ममा इन्स्पेक्टर पार्वती थापा बनेकी काली रेखाले फिल्मको सफलताको श्रेय सम्पूर्ण दर्शकलाई दिइन् । उनले आगामी दिनमा पनि दर्शकलाई यस्तै फिल्म बनाएर मनोरञ्जन दिने प्रतिक्रिया दिइन् ।

 

रेखा कालीको सुपरहिट व्यापारसँगै करोड क्लवकी हिरोइनमा दर्ता भएकी छिन् । सविर श्रेष्ठ निर्देशित कालीको स्लोली स्लोली बोलको गीत नै दर्शकलाई हलसम्म तान्ने गतिलो हतियार बन्यो, साथमा ट्रेलर पनि । प्रल्हाद तिमल्सीना र मिलन अमात्यद्धारा स्वरवद्ध स्लोली स्लोली बोलको गीतसँगै फिल्मका अन्य गीतमा बसन्त सापकोटाको संगीत छ । फिल्ममा रेखा थापासँगै किशोर खतिवडा, बाल कलाकार अनुभव रेग्मीले मुख्य भुमीका निभाएका छन् ।