नेपाल टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने हाँस्य टेलिश्रृङखला मेरी बास्सैमा तक्मे बुढा क्यारेक्टर सानो पर्दाका दर्शक बिच हिट छ । यही क्यारेक्टरले गर्दा कलाकार विल्सन विक्रम राई देश तथा विदेशका महोत्सव तथा स्टेजका कार्यक्रममा व्यस्त छन् ।
'तक्मे बुढा' हिट क्यारेक्टरलाई अब ठुलो पर्दामा पनि देख्न पाइने भएको छ । 'तक्मे बुढा लस्ट इन लण्डन' वर्किङ टाइटलमा फिल्म बनाउने गृहकार्य हुँदैछ । निरक पौडेल निर्देशक रहने फिल्ममा विल्सन विक्रम राई मुख्य क्यारेक्टर हुनेछन् । कमेडी फिल्मका अन्य कलाकार फाइनल हुन बाँकी छ ।
प्रि-प्रोडक्सनमा सम्मिलित कलाकार संयम पुरीले 'तक्मे बुढा लस्ट इन लण्डन'का अन्य कलाकार र प्राबिधिक चाँडै नै सार्वजनिक गरिने बताए । फिल्म निर्माण गर्ने व्यक्ति र कम्पनीको भने नाम खुलाइएको छैन ।

