Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

उर्वशी ट्रेलर : मंसिरको जाडोमा तात्लान् त दर्शक ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/24

जाडोको शुरूवाती समयमा दर्शकलाई तताउन नारी प्रधान फिल्म 'उर्वशी' रिलिज हुनेछ । यहि मंसिर १४ गते रिलिज हुन लागेको यो फिल्मको अफिसियल प्रोमो रिलिज गरिएको छ । प्रोमोको सहायताले दर्शक कत्तिको तातिन्छन् त ? प्रतिक्षा गरौं ।

 

 

मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’


मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’मा किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ, मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्द्र पुरी, शुशिल थापा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

 

हिमगिरी फिल्मस् प्रालिको ब्यानरमा खगेश्वर पुनले निर्माण गरेको यो फिल्ममा विरेन्द्र अग्रहरी, विकाश चौधरी र अर्जुन कौशलको संगीत, दिव्यराज सुवेदीको छायांकन र सानु कुमार महर्जनको द्धन्दनिर्देशन रहेको छ।