'कालिका एफएम म्युजिक अवार्ड-२०७०' अन्तर्गत बर्षको सर्बोत्कृष्ट गीतको उपाधी रिदम फिल्मको 'पागल म बन्न सक्छु..'ले पाएको छ । यहि गीतले डा. कृष्णहरी बराललाई उत्कृष्ट गीतकारको अवार्ड दिलायो ।
त्यस्तै बिन्दास फिल्मको 'बाटो मोडेर गयौ...' बोलको गीत मार्फत उत्कृष्ट गायकको उपाधी शिव परियारले पाए भने नोटबुक फिल्मको 'गाला रातै...' बोलको गीतबाट मिलन अमात्यले उत्कृष्ट गायिकाको उपाधी पाईन् । यस्तै बिन्दासकै 'बाटो मोडेर गयौ...' बोलको गीत अर्जुन पोखरेल उत्कृष्ट संगीतकार सावित भए । नोटबुकको गाला रातै गीतबाट मिलन अमात्य र प्रल्हाद तिमल्सिनाले उत्कृष्ट डुवेड गायकको अवार्ड उचाल्न सफल भए ।
उत्कृष्ट गजलतर्फ स्वरमा प्रमोद खरेल र रचनामा शितल कादम्बीनीले अवार्ड प्राप्त गरे । यसैगरी उत्कृष्ट आधुनिक गायक तर्फ नरेन्द्र प्यासी, उत्कृष्ट आधुनिक गायिक तर्फ, रजिना रिमाल, उत्कृष्ट म्युजिक कम्पोजरमा राजकुमार बगर, उत्कृष्ट आधुनिक लिरिक्समा राजुबाबु श्रेष्ठले अवार्ड हात पार्न सफल भए ।
यसैगरी पप संगित तर्फ उत्कृष्ट पप भोकल परफमेन्स गायकतर्फ नविन के भट्टराई, उत्कृष्ट पप भोकल फर्ममेन्स गायिका तर्फ रेखा शाह, उत्कृष्ट पप परफमेन्स कम्पोजिसन तर्फ कमल खत्री, उत्कृष्ट पप लिरिक्सतर्फ अनिल स्थापित, उत्कृष्ट पप ब्याण्ड तर्फ स्याडोज ब्याण्डले अवार्ड हात पार्न सफल भएका छन् ।
उत्कृष्ट लोकदोहोरी गायक तर्फ शिरिष देवकोटा, गायिका तर्फ बिष्णु माझी, उत्कष्ट लोकदोहोरी लय तर्फ मिलन लामा, उत्कृष्ट लोकदोहारी शब्द तर्फ एकनारायण भण्डारी, स्थानीय लोकदोहोरी कलाकार तर्फ सिता कडेंलले अवार्ड उचाले ।
उत्कृष्ट संगित संयोजन तर्फ किरण कडेंल, त्यस्तै उत्कृष्ट डेबुटेन्ड अफ द ईयर सुनिल गिरी, स्थानीय कलाकार तर्फ उत्कृष्ट स्थानीय पप कलाकारको अवार्ड संजय चौधरीले उचाल्न सफल भए । यसैबीच बरिष्ठ गायक एबं संगीतकार प्रेमध्वज प्रधानलाई लाईफ टाईम एचिभेन्ट अवार्डले सम्मान गरीएको छ । कार्यक्रम कालिका एफएम प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक बिक्रम पाण्डे तथा फिल्मकर्मी चेतन कार्कीको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

