Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मधुमास`को प्रिमियर नगरिने

फिल्मीखबर, काठमाण्डौ, 2013/10/23

सुदर्शन थापा निर्देशित 'मेरो एउटा साथी छ' देखी 'धन्दा' सम्मको फिल्म प्रिमियर ट्रेण्ड 'मधुमास'मा भने लागु नहुने भएको छ । निर्देशक तथा निर्माता थापाले फिल्म 'मधुमास'को प्रिमियर नगरिने बताए ।

 

'मेरो एउटा साथी छ' र 'धन्दा' सँगै थापा निर्देशित 'के यो माया हो' र 'मेरो लभ स्टोरी'को प्रिमियर गरिएको थियो । पछिल्लो समय एकाध फिल्मले मात्रै प्रिमियर गर्ने गरेका छन् । प्रिमियरले फिल्मको खर्च बढाउने र सहभागी दर्शकले फिल्म बारे नकारात्मक टिप्पणी गर्ने डरले निर्माता निर्देशक प्रिमियर गर्नबाट हच्किएका हुन् । सुदर्शनले सञ्चारकर्मीलाई भने 'मधुमास' आउने साता देखाउने व्यवस्था मिलाइने बताए ।

 

'मधुमास' यही शुक्रबार देखी काठमाण्डौका १७ सहित मोफसलका केही मेजर स्टेशनबाट प्रदर्शनमा आउँदैछ । सस्पेन्स थ्रिलर लभ स्टोरीको फिल्ममा अभिनेता आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र शिवाङ्गिनी राणा मुख्य भुमिकामा छन् । फिल्ममा लगानी निर्देशक थापा र बाबुराम दाहालले संयुक्त रुपमा गरेका हुन् ।

 

मधुमासमा समावेश 'आँटी सक्यो..' बोलको गीत यतिखेर चर्चामा छ । फिल्मका संगीतकार सुरेश अधिकारी हुन् । फिल्मको गीतले दर्शक हलसम्म तान्न कत्तिको सघाउ पुर्याउँछ ? शुक्रबार सम्म प्रतिक्षा गर्रौं ।