Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मकर्मीलाई चुनावी सरगर्मी : एमालेका भुवन राप्रपाको प्रचारमा

फिल्मीखबर, काठमाण्डौ, 2013/10/24

देश यतिबेला चुनावी रापमा छ । संविधान निर्माण गर्ने दोस्रो चुनावी रापले फिल्मकर्मीलाई पनि राम्रैसँग तताएको छ । प्रत्यक्ष चुनाव लड्ने निर्माता उद्धव पौडेल र रमेशजंग रायमाझी यतिखेर भोट माग्दै जनताको घरदैलो धाउन व्यस्त छन् ।

 

गोपिकृष्ण मुभिजका संस्थापक पौडेल राप्रपा र निर्माता रायमाझी नेपाली काङ्ग्रेसको टिकट लिएर मंसीर ४ को चुनावी मैदानमा जाँदैछन् । उद्धव नेपाली काङग्रेसका गगन थापा उम्मेरदवार भएको काठमाण्डौ क्षेत्र नम्वर ४ बाट चुनाव लड्दैछन् भने गृह जिल्ला मोरङ क्षेत्र नम्वर ८ को मैदानमा एमाओवादीका गोपाल अछामीसँग निर्माता रायमाझीको चुनावी प्रतिस्पर्धा हुनेछ । अछामी गत संविधान सभाका विजयी उम्मेरदवार हुन् ।

 

प्रत्यक्ष चुनावसँगै समानुपातिकमा तानिएका फिल्मकर्मी पनि चुनावी प्रचारको दौडधुपमा छन् । एमाले कार्यकर्ताको चर्को विरोधका कारण प्रत्यक्ष टिकट गुमाएका अभिनेता भुवन केसीले वरिष्ठ नेता माधव कुमार नेपालको चुनावी प्रचार अभिनयनमा सक्रिय छन् भने फिल्मकर्मी उद्धव पौडेलको घरदैलो अभियानमा पनि देखिएका छन् । भुवनलाई एमालेले समानुपातिमा तानेको छ ।

 

मतदाता नामावली नाम नभेट्टिएपछि एमाओवादीले दिएको प्रत्यक्ष चुनावी टिकट पार्टीलाई फिर्ता दिएकी अभिनेत्री रेखा पनि पार्टीलाई जिताउन चुनावी अभियानमा लाग्ने भएकी छिन् । रेखा लड्ने भनेको पर्सा, अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको क्षेत्रमा पुग्ने रेखा बताइन् । आगामी संविभान सभाको चुनावमा निर्देशक दिपक श्रेष्ठ र हिमग्याम टासी एमाओवादी, चलचित्र पत्रकार विजयरत्न तुलाधर नेपा: राष्ट्रिय पार्टीबाट समानुपातिकमा तानिएका छन् ।

 

टिभी फिल्मीका क्यामेरा पर्सन श्रीराम अर्याल सद्भावना पार्टीबाट सिन्धुपाल्चोक क्षेत्र नम्वर ३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । भिडियो खिच्ने कार्य छोडेर अर्याल हाल आफ्नो क्षेत्रमा चुनावी प्रचारमा व्यस्त छन् । त्यस्तै कलाकारहरु कृष्ण मल्ल, शर्मिला मल्ल, रुपा राना, आयुष रिजाल, सुमिना घिमिरे, निता ढुङ्गाना, गरिमा पन्त लगायतका कलाकार राप्रपाका उद्धव पौडेलको चुनावी प्रचारमा सहभागी भैरहेका छन् ।

 

यता एकीकृत माओवादीलाई जिताएरै छाड्ने अभियानमा केहि फिल्मकर्मी लाग्ने भएका छन् । कार्तिक ६ गते सम्पन्न भएको अखिल नेपाल चलचित्रकर्मी संघको विशेष भेलाले आगामी संविधानसभा निर्वाचनमा एकीकृत नेकपा(माओवादी)को पक्षमा देशव्यापी जनमत सिर्जना गर्न आवश्यक वातावरण मिलाउन फिल्मकर्मी केपि पाठकको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय प्रचार समिति वनाउने निर्णय गरेको छ ।