Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

हिरोइन स्वभाव : मुडी करिश्मा, झगडालु रेखा

फिल्मीखबर, काठमाण्डौ, 2013/10/24

नेपाली अभिनेत्रीका केही यस्ता बानी छन् जस्ले उनीहरुका फ्यान आश्चार्यमा पर्न सक्छन् । फिल्मीखबरले पर्दा पछाडी अभिनेत्रीले देखाउने स्वभाव बारे केही प्रसंग कोट्याएको छ ।

 

अभिनेत्री करिश्मा मानन्धर रजतपटमा सुन्दरी अभिनेत्रीका रुपमा परिचित छिन् । चार दशक माथिको उमेरमा पनि करिश्मा उत्तिकै सुन्दर देखिन्छिन् । भलै उनी फिल्ममा कम सक्रिय छिन् तर उनको सुन्दरताको चर्चा भने राम्रै हुने गर्दछ । फिल्मी नगरीकी यी सुन्दरी अभिनेत्रीको स्वभाव भने मुडी छ ।

 

करिश्मा यतिसम्म मुडी छिन् कि भर्खरै परिचय भएको व्यक्तिलाई समेत छिन् भरमा उनी को हो तिमी ? भन्न बेर लाउँदिनन् रे ! उनीसँग काम गर्ने फिल्मकर्मी भन्छन्- 'करिश्माको मुड अनुसार काम गर्नुपर्छ ।' करिश्माको जस्तै अभिनेत्री जल शाहको पनि स्वभाव मुडी खालको छ । अभिनेत्री निशा अधिकारी पछिल्लो समय मुडी स्वभावकी मानिन्छिन् ।

 

विपना थापा, निरुता सिंह, संचिता लुइँटेल, गरिमा पन्त र उषा पौडेल रजतपटमा सोझी अभिनेत्रीका रुपमा चिनिन्छन् । फिल्ममा पनि प्रायः सोभर क्यारेक्टर निभाउने हुनाले विपना, निरुता, संचिता, गरिमा र उषाका फ्यान उनीहरुलाई सोझी अभिनेत्रीका रुपमा हेर्ने गर्दछन् । तर, यी अभिनेत्रीहरु पर्दामा जती सोभर देखिन्छन्, पर्दा पछाडी उति नै चतुर मानिन्छन् । यी अभिनेत्रीहरु आफु तिर हाँसिया तान्न खप्पीस रहेको फिल्मकर्मी सुनाउँछन् ।

 

त्यस्तै अभिनेत्री ऋचा घिमिरे फिल्म नगरीमा चतुरसँगै ओभर स्मार्ट लेडीको रुपमा परिचित छिन् । ऋचा अभिनित कुनै पनि फिल्म हिट मानिएका छैनन् । तर, ऋचा आफुलाई कुनै बेला नम्वर वान अभिनेत्री ठान्ने फिल्मकर्मी बताउँछन् । यता अभिनेत्री ऋचा शर्मालाई 'ओभर स्मार्ट' भन्न पछि पर्दैनन्, फिल्मकर्मी ।

 

अभिनेत्री रेखा थापाको स्वभाव भने फिल्ममा जस्तै मिल्दो जुल्दो छ । रेखाका धेरै जसो फिल्म नारी प्रधान छन् । फिल्ममा उनको लडाइँ पुरुष पात्रसँग हुन्छ । पर्दामा जस्तै पर्दा पछाडी काली रेखाको हिरोहरुसँग लडाइँ छ । अभिनेता निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देलसँग रेखाको बोलचाल छैन । फिल्म नगरीमा रेखा झगडालु र प्याच्च बोल्ने अभिनेत्रीका रुपमा परिचित छिन् ।

 

अभिनेत्री नन्दिता केसी र झरना थापालाई दर्शकले जुन रूपमा देखेका छन् उनीहरूको वास्तविक स्वाभाव पनि त्यस्तै रहेको फिल्मकर्मी बताउँछन् । यि दुबै नायिकासँग काम गरेका फिल्मकर्मी भन्छन्- 'यि नायिकालाई लप्पनछप्पन आउँदैन ।' झरनाको तुलनामा नन्दिता धेरै नै साधारण अभिनेत्रीको रूपमा परिचित छिन् । सोझी र लप्पनछप्पन गर्न नजानेर नै नन्दिता जति चल्नुपर्ने हो त्यति चल्न नसकेको ठम्याइ छ ।

 

अभिनेत्री अरूणिमा लम्साल भने चाहिने भन्दा बढि मायालु स्वाभावकी अभिनेत्रीको दर्जा दिइन्छ । बिशेषगरी उनी निर्माता तथा निर्देशकको प्रिय पात्र हुन् । यता अभिनेत्री निता ढुंगाना र सुमिना घिमिरेलाई भने बाठी अभिनेत्री भन्छन् । अभिनेत्री नम्रता श्रेष्ठले नस्विकारे पनि भन्नेहरू भन्छन्- 'नम्रता घमण्डी स्वाभावकी छिन् ।'

 

अभिनेत्री केकी अधिकारीलाई बाहिरा हेर्दा सोझी तर भित्र भित्र चतुर मान्छन् । शुष्मा कार्कीलाई भने असामाजिक अभिनेत्री भन्छन् । बिनिता बराललाई बाठी अभिनेत्री भनिएपनि उनको बठ्याईंको फिल्म नगरीमा कुनै जादु चलेको छैन ।