Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.60/5.00)
Text size:-
+
-

`विवाह जीवनको सबैभन्दा ढोंगी नाता` : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2013/10/28

अभिनेता राजेश हमालले विवाहलाई मानव जीवनको सबैभन्दा ढोँगी नाता रहेको बताएका छन् । प्रेमिका मुध भट्टराई सँग विहेको तयारी गर्दै गरेका अभिनेता हमालले विवाह बारे भने- 'विवाहले सँगै दुइ जना एकसाथ बस भन्छ । जीवनभर कोही पनि सँगै बस्न सम्भव छैन । जीवनभर एकजना सँग मात्रै बस्ने भन्ने कुरा प्राक्टिकल छैन । त्यसकारण जीवनको सबैभन्दा ढोंगी नाता भनेकै विवाह हो ।'

 

राधानीमा जारी एनसेल लिट्रेचर फेस्टिभलमा अभिनेता हमालले विवाह बारे आफ्नो धारणा राखेका हुन् । करिब १ घण्टा जसो चलेको अन्र्तक्रिया कार्यक्रममा अभिनेता हमालले आफु सानैदेखि सेल्फ सेन्टर्ड रहेकाले सुरुका कम बोल्ने गरेको समेत बताए । उनले भने- 'म सानैदेखि आफ्नो निर्णय आफैं लिन्थें । फिल्म क्षेत्रमा सुरुमा मलाई राजेश हमाल बोल्दैन भनियो । त्यो मेरो सानैं देखीको स्वभाव थियो ।'

 

 

 

फेस्टिभलमा अभिनेता हमालले फिल्म क्षेत्र पहिलाको जस्तो नरहेको समेत तर्क गरेका थिए । एनसेल लिट्रेचरको चौथो दिन अभिनेता हमालसँगको अन्र्तक्रियामा रंगकर्मी तथा फिल्म निर्देशक अनुप गराल मिडियटरका रुपमा थिए ।