Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मोटो शरीरमै गरियो लोफरको सुटिङ

फिल्मीखबर, काठमाण्डौ, 2013/10/29

प्रमुख पात्र दयाह्याङ राई दुब्लाउन छविराज प्रोडक्सनको लोफरको सुटिङ केही महिना पोस्टपोण्ड गरिएको थियो । तर, विडम्वना दयाह्याङ दुब्लाएनन् । दयाह्याङको वजनदार शरीरमै लोफरको सुटिङ गरिएको छ ।

 

आदित्य विक्रम लम्साल निर्देशित लोफरको राजधानी भित्रै छायाँकन गरिदैं छ । सुटिङ आज सकिने लुटका गोफ्लेले जानकारी दिए । वजन कम गर्न नसकेको बारे उनले भने- 'दुब्लाउने प्रयास गरेको हुँ । तर, ढाडको समस्याले गर्दा दुब्लाउन सकिंन ।' केही महिनादेखि ढाड सर्केकाले शरीरिक अभ्यास गर्न असमर्थ रहेको लुटका गोफ्लेले बताए ।

 

दयाह्याङ राई सहित लोफरमा आर्यन सिग्देल, नव नायिका रजनी केसी लगायतको अभिनय छ । फिल्म यही मंसीर २१ गते प्रदर्शनमा आउँदैछ । पूर्व पत्नी रेखा थापा विना फिल्म निर्माण गरेका छविको फिल्मको व्यापारलाई चासोको रुपमा हेरिएको छ ।

 

एक्लैले काली फिल्म निर्माण गरेर सुपरहिट बनाएकी रेखा विना छविको लोफर पनि हिट होला ? मंसीर १ सम्म प्रतिक्षा गरौं । यसअघिका फिल्मबाट फेल नखाएका छविलाई हाम्रो शुभकामना लोफर सुपरहिट बनोस् ।