Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नागवेली` रूचाईएपछि निर्देशक राई हर्षित

फिल्मीखबर, काठमाण्डौ, 2013/10/28

विगत लामोसमय देखि करियोग्राफरको भुमिका निर्वाह गर्दै आएका गोविन्द राईले पहिलो पटक निर्देशन गरेको फिल्म 'नागवेली'लाई लण्डनमा रूचाईएको छ । गत शनिवार बेलायतको ननटनमा 'नागवेली` फिल्मको प्रिमियर गरियो । उक्त प्रिमियर समारोहमा उपस्थित दर्शकले फिल्मलाई रूचाएको निर्माता रोमियन लिम्बु चेम्जोङले जानकारी गराएकी छिन् ।

 

 

युवाहरूले काठमाण्डौमा आफ्नो लक्ष्य पूरा गर्न गरेको संघर्षको कथालाई उठाएको 'नागवेली'को कथालाई दर्शकले रूचाउँदा मेरो सफलताको पहिलो खुडिको उक्लेको महसुस गरेको निर्देशक राईले फिल्मीखबरलाई भने । 'म एकदमै खुसी छु,' राईले खुसी साट्दै भने- 'अब विश्वका अन्य मुलुकमा पनि रिलिजको तयारी गरेका छौं । आशा छ, सबै दर्शकले मेरो फिल्मलाई मन पराईदिनु हुनेछ ।'

 

 

दयाहाङ राई, यशराज गरच, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ, निर शाह, रूपा राना, लुनिभा तुलाधर लगायतको अभिनय रहेको यो फिल्मको कथा सञ्चारकर्मी दीपेन्द्र लामाले लेखेका हुन् ।