Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नेता बन्छु भन्ने भुवन केसी जानेन् बोल्न

फिल्मीखबर, काठमाण्डौ, 2013/10/28

अभिनेता भुवन केसी नेता हुने दौडमा छन् । रजतपटमा दर्जन सफल फिल्म दिएका सदाबहार नायक केसीले एमाले पार्टीबाट आगामी संविधान सभाको समानुपातिक टिकट पाएका छन् ।

 

पार्टीका कार्यकर्ताको चर्को विरोधपछि प्रत्यक्ष चुनाव लड्ने उनको योजना पूरा हुन सकेन । रोमान्स किङ केसीले पार्टीमा आवद्ध भएर देश र जनताको हितका लागी राजनीति गर्ने भन्न भने छाडेका छैनन् । हरेक जसो कार्यक्रममा राजनीति गर्छु भनेर भाषण गर्ने भुवनको बोल्ने शैलीमा भने नेतापन देखिंदैन । उनी प्रायः कार्यक्रममा बिना तयारी बोले जस्तो सुनिन्छन् ।

 

५ औं एचटिभी फिल्मीखबर डि सिने अवार्डमा पनि अभिनेता केसी त्यस्तै सुनिए । अभिनेत्री रेखा थापासँगै उत्कृष्ट अवार्ड पाउनेको नाम घोषणा गर्न स्टेजमा पुगेका भुवन बोल्दै पिच्छे लरवराए । भुवन बोली रहंदा कार्यक्रममा भने हाँसोको पर्रा छुट्यो । केही बचि कानेखुसी चलिहाल्यो- 'भुवन दाइले प्याग दिएछन् कि क्यो हो ?' आफ्नै तालमा रहेका भुवनले कानेखुसी सुन्ने कुरै भएन । उनी बोलिरहे । हाँसो चलि नै रह्यो ।

 

उत्कृष्ट विधाको नाम घोषणा गर्न माइक समातेका भुवनले सँगै रहेकी रेखा थापा देखी राजनीतिको प्रसंगलाई कोट्याउन भ्याए । दिपकराज गिरी र शैलन्द्र सिम्खडाको व्यङ्ग्यबाट हाँसोको पात्र बनेका भुवन आफै हाँसो पात्र बनिदिए । पछिल्ला कार्यक्रममा चाहिं भुवन विचार पुर्याएर बोल्छन् कि !