Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्ड परिवारलाई शोक

फिल्मीखबर, काठमाण्डौ, 2013/10/28

चलचित्र विकास बोर्डमा कार्यालय सहयोगीका रुपमा विगत ६ वर्षदेखि कार्यरत सम्झना थापाको २०७० कार्तिक ११ गते साँझ ६:३० बजेतिर चाबहिलस्थित कुमारीगाल निवासमा असमायिक निधन भएको छ ।

 

 

निज थापा आजैका दिन उनकी छोरीको जन्म दिन मनाउने क्रममा घरमै करेन्ट लागी निधन भएको निजको परिवार स्रोतले जानकारी दिएको छ । निजलाई घटना पश्चात् नजिकैको ॐ हस्पिटलको आकस्मिक सेवामा लगिएको केही क्षणमै अस्पताल प्रशासनले निधन भको जानकारी दिएको थियो । निजको शव पोष्ट मार्टमका लागि त्रि.वि.वि. शिक्षण अस्पतालमा पठाइएको परिवार स्रोतले बताएको छ ।

 

निज थापाका श्रीमान् हरिकृष्ण थापा पनि चलचित्र विकास बोर्डमा हलुका सवारी चालकका रुपमा कार्यरत छन्थापाको ८ वर्षको छोरो र १३ वर्षकी छोरी छन् । को निधनले चलचित्र विकास बोर्ड परिवार शोकमा परेको छ